सडकमा भेट्टाएको नागरिकताबाट ६० लाख ठगी, १६ वटा बैंकमा खाता
नेपालबहस संवाददाता
बैशाख २, २०८१ आइतबार १७:५४:४७
२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा समातिएका तीन जनालाई आइतबार सार्वजनिक गरेको छ । उनीहरूले अरूको नागरिकता दुरुपयोग गरी ठगी गरेको आरोपमा पक्राउ परेका हुन । भारतीय आधार कार्ड समेत लिएका उनीहरुले हालसम्म ६० लाख ५५ हजार ठगी गरिसकेको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेहरूमा श्रीमान–श्रीमतीसहित तीन जना छन् । ठगी आरोपमा सन्जुसँगै उनका श्रीमान पनि पक्राउ परेका छन् । श्रीमान निश्चलले पनि भारतीय आधार कार्ड समेत लिएको खुलेको छ । झापाको अर्जुनधारा–९ कि ३८ वर्षीया रश्मी विश्वकर्मा भनिने सन्जु पौडेली, उनका श्रीमान ३५ वर्षीय ३५ वर्षीय निश्चल पोर्तेल र इलामका ३४ वर्षीय धनबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार सन्जु पौडेलीले रश्मी विश्वकर्माको नागरिकता भेट्टाएकी थिइन् । उक्त नागरिकताको फोटो उप्काएर सन्जुले आफ्नो फोटो टाँसी सोही नागरिकताको आधारमा उनले विभिन्न बैंकहरुमा १६ वटा खाता खोलेको भेटियो । त्यसपछि ह्वाट्स एपमार्फत विभिन्न व्यक्तिहरूसँग सम्पर्क गरी काउन्सिलिङ गर्दै पार्सल पठाएको, चिट्ठा परेको, डलर पठाएको जस्ता प्रलोभन पारी ठगी गर्दै आएको पाइयो ।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले सन्जुले यो शैलीमा विगत दुई वर्षदेखि ठगी गर्दै आएको खुलेको बताए । सन्जुले पीडितहरूले भने आफू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कुरियर सिनियर अधिकृत रहेको भन्दै परिचय दिने गरेकी थिइन् । सन्जुले रश्मीको मात्रै नभएर अरूको समेत नागरिकता दुरुपयोग गरी ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।
उनीहरूबाट विभिन्न व्यक्तिका ६ थान नागरिकता, एनसेलका २६ थान सीम कार्ड, भारतीय सीम कार्ड १ थान, विभिन्न बैंकको ८ थान एटीएम, चेकबुक ११ थान, बैंक तथा सहकारीमा डिपोजिट गरेको १८ थान स्लीप, ६ थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
मंसिर ६, २०८१ बिहिबार
अन्डरकभरको एजेन्ट भन्दै रकम ठगी गरेको आरोपमा डाक्टर आशिष दाहाल पक्राउ
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार