सलमान खान माथि आक्रमण गर्नेको तस्विर सार्वजनिक, मोटरसाइकल जफत
नेपालबहस संवाददाता
बैशाख ३, २०८१ सोमबार ११:१०:४६
३ वैशाख, मुम्बई । आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाईको थियो । दुईवटा मोटरसाइकलमा आएका आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । गोलीबारी हुँदा सलमान आफ्नै घरमा थिए ।
सो घटना पछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सलमान खानसँग फोनमा कुरा गरेका थिए । शिन्देले मुम्बईका प्रहरी आयुक्तलाई सलमानको सुरक्षा बढाउन निर्देशन दिएका छन् । हाल अभिनेता खानको घरबाहिर सुरक्षा बढाइएको छ ।
एक भिडियोमा सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर आएको छ। जसमा दुवै आक्रमणकारीले गोली हानेको देखिन्छ । गोली चलाउनेहरुको तस्विर पनि प्रहरीले सार्वजनिक गरेको छ ।
मुम्बई प्रहरी स्रोतका अनुसार गोली चलाइएको बन्दुक ७.६ बोरको थियो । फोरेन्सिक विज्ञहरूले घटनास्थलबाट गोली फेला पारेका छन्। प्रहरीले आरोपीको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । फोरेन्सिक टोलीले यसको अनुसन्धान गरिरहेको छ ।
दुवै अभियुक्त राज्य बाहिरका हुन सक्ने र उचाई ५ फिट ८ इन्च हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले सलमानको घरबाहिर राखिएका सबै सीसीटीभी क्यामेराको डीभीआर जफत गरेको छ ।
घटनाको जिम्मेवारी लरेन्स बिश्नोई समूहले लिएको छ । घटनाको जिम्मेवारी लरेन्स बिश्नोई समूहले लिएको छ । एक फेसबुक पेजमा सो घटनाका बारेमा जिम्मेवारी लिएको सार्वजनिक भएको छ, जसमा सलमान माथि भविष्यमा पनि आक्रमण हुनसक्ने लेखिएको छ । यद्यपि यस पोस्टको प्रहरीले पुष्टि गरिसकेको भने छैन । थप जानकारी प्रहरीले अझै दिएको छैन । यति मात्रै भनेको छ कि सो घटनाको अनुसन्धान भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
दक्षिण भारतका फिल्म सुपरस्टार नयनतारा र धनुषबीच विवाद
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीमाथि अमेरिकामा लागेको आरोप गम्भीर, के के पर्छ असर ?
मंसिर ७, २०८१ शुक्रबार
१५ सयले बढेर १ लाख ६५ हजार नाघ्यो सुन
मंसिर ७, २०८१ शुक्रबार
एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार