क्रिश्चियनका लागि नाइजेरिया सबैभन्दा खतरानाक, १८ हजार बढी भत्काइयो चर्च
नेपालबहस संवाददाता
बैशाख ३, २०८१ सोमबार ११:३४:७
३ वैशाख, जोहानेसबर्ग । अफ्रिकाका ५४ देशमध्ये आधाभन्दा बढीमा क्रिस्चियन धर्मालम्बीहरूले घातक संकट ब्योहोरिरहेको जनाइएको छ ।
फक्स न्यूजका अनसार अफ्रिकामा क्रिस्चियनहरूको अवस्था दयनिय हुँदैछ । मूख्यतः अफ्रिका महाद्वीपका २८ देशहरूमा क्रिश्चियन विश्वासीहरूलाई सताईएको, मारिएको र विस्थापित गराइएको छ । जसमध्ये नाइजेरियाको अवस्था सबैभन्दा खराब छ।
मिसन समूह ओपन डोर्स यूएसले आफ्नो अनुसन्धान प्रतिवेदनमा भनेको छ, ‘सन २०२३ मा आफ्नो विश्वासका कारण मारिएका १० क्रिस्चियनहरूमध्ये नौ जना नाइजेरियामा थिए। यद्यपि यो संख्या बढी हुनसक्छ, किनभने धेरैको मृत्युको रिपोर्ट आउन सकेको छैन।’
‘नाइजेरिया क्रिश्चियन हुनको लागि पृथ्वीको सबैभन्दा घातक ठाउँहरू मध्ये एक हो,’ ओपन डोर युएसका सीईओ रायन ब्राउनले भने । ‘लगभग ५ हजार क्रिस्चियनहरू २०२३ मा विश्वव्यापी रूपमा उनीहरूको विश्वासका लागि मारिएका छन, तीमध्ये ८२ प्रतिशत नाइजेरियाका मात्रै रहेका थिए,’ ब्राउनले भने ।
नाइजेरियाली अनुसन्धान समूह इन्टर सोसाइटी, इन्टरनेशनल सोसाइटी फर सिभिल लिबर्टीज एण्ड द रुल अफ लले नाइजेरियामा क्रिस्चियनहरूको हत्यालाई नरसंहार भनेर टिप्पणी गरेको छ । गत जनवरी २०२३ देखि जनवरी २०२४ को अन्त्यसम्म ८ हजार भन्दा बढी नाइजेरियाली इसाईहरूलाई मारिएको वा अपहरण गरिएको दाबी गरिएको छ। तीमध्ये अधिकांशलाई चक्कुले निर्मम रूपमा हत्या गरिएको थियो।
इन्टर सोसाइटीका अनुसार सन् २००९ देखि २०२३ सम्म नाइजेरियामा मात्रै १८,५०० भन्दा बढी इसाईका चर्चहरू ध्वस्त गरिएका थिए । ‘र यो क्रम जारी रहेको छ,’ इन्टरसोसाइटीको एमेका उमेगबालासीले भनिन ।
त्यसैगरी, नाइजेरिया पछि क्रिश्चियनका लागि सबैभन्दा बढी खतरनाक देश उत्तर कोरिया हो । अध्ययन प्रतिबेदनका अनुसार त्यसपछि क्रमशः भारत, इरान, चीन, पाकिस्तान, इरिटेरा, अल्जेरिया, इन्डोनेसिया र अजरबैजान क्रिश्चियन धर्मालम्बीका लागि निकै खतरानाक मानिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
दक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
प्रधानसेनापति सिग्देलले गरे भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण
मंसिर २९, २०८१ शनिबार
रोजगारी र आत्मनिर्भरता शिक्षातर्फ अघि बढिनेछ : प्रधानमन्त्री ओली
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
जकपुरविरुद्धको जितले चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो
मंसिर २९, २०८१ शनिबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार