इरानी आक्रमणपछि इजराइलको गाजामाथि दबाब बनाउने सङ्कल्प
नेपालबहस संवाददाता
बैशाख ३, २०८१ सोमबार १३:५४:८
३ वैशाख, एजेन्सी । इजराइलले रातभर गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासले सोमबार बताएको छ । इजराइली सेनाले भने इरानको अभूतपूर्व आक्रमणपछि आफू युद्धबाट विचलित नहुने बताएको छ । यसबाट यस क्षेत्रमा द्वन्द्वको आशङ्का बढेको छ ।
इरानले शनिबार राति इजराइलमाथि तीन सयभन्दा धेरै ड्रोन र मिसाइल आक्रमण गरेपछि विश्व शक्तिहरूले संयमता अपनाउन आग्रह गरेका छन् । यद्यपि इजराइली सेनाले इरानको अधिकांश आक्रमणलाई विफल पारेको बताएको छ ।
यसै महिनाको प्रारम्भमा दमास्कसमा एउटा घातक आक्रमणको प्रतिशोधमा तेहरानले इजराइलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमण सम्पूर्ण क्षेत्रमा महिनौँसम्म भएको हिंसापछि भएको हो । उक्त हिंसामा इरानी ‘प्रोक्सी’ सहभागी थिए । इजराइलले युद्धग्रस्त गाजा क्षेत्रमा प्यालेस्टिनीहरूको समर्थनमा इरानले काम गरेको बताएको छ ।
इजराइली सैन्य प्रवक्ता रियर एडमिरल डेनियल हगारीले आइतबार राति भने, “इरानको आक्रमणमा पनि हामीले गाजामा आफ्ना बन्धकहरूलाई इरानका प्रोक्सी हमासबाट छुटाउन हाम्रो महत्त्वपूर्ण मिसनलाई एक पल पनि छाडेका छैनौँ ।”
मध्यस्थकर्ताहरूले अक्टोबर ७ मा हमासको आक्रमणबाट सुरु भएको युद्धलाई रोक्नका लागि एउटा सम्झौतामा ध्यान दिएका बेला सुदूर दक्षिणी सहर रफाहमा सेना पठाउने इजराइली योजनामाथि आशङ्काहरू बढेको बताएका छन् । रफाहमा गाजाका २४ लाख मानिसमध्ये अधिकांशले शरण लिएका छन् ।
“हमासले अझै पनि गाजामा हाम्रा बन्धकलाई राखेको छ”, हगारीले करिब एक सय ३० बन्धकका बारेमा भने । बन्धक बनाइएकामध्ये ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ । हमासको आक्रमणपछि उनीहरूले ती बन्धकलाई आफ्नो कब्जामा लिएको इजराइलले बताएको छ ।
सैन्य प्रवक्ता हगारीले एक ब्रिफिङमा भने, “रफाहमा हाम्रा बन्धक छन् र उनीहरूलाई घर फर्काउन हरसम्भव प्रयास गर्नेछौँ ।” यस क्षेत्रबाट अधिकांश स्थल सैनिकलाई फिर्ता बोलाएको करिब एक सातापछि सेनाले भनेको छ, “गाजा मोर्चामा परिचालन गतिविधिहरूका लागि करिब दुई वटा रिजर्भ ब्रिगेडलाई बोलाइँदै छ ।”
हमास सरकारको मिडिया कार्यालयले इजराइली विमानहरूले मध्य गाजामा रातभरमा ‘दर्जनौँ’ आक्रमण गरेको बताएको छ । घेरिएको क्षेत्रको दक्षिणदेखि गाजा क्षेत्रसम्म तटीय सडकमा इजराइली चेकपोइन्ट पुनः खोलिएको हल्लाले आइतबार हजारौँ प्यालेस्टिनीलाई उत्तरतिर जान प्रेरित गर्यो । यद्यपि इजराइलले चेकपोइन्ट खुला भएको भन्ने हल्लालाई अस्वीकार गरेको छ ।
इरानी आक्रमणपछि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आइतबार आपत्कालीन बैठक बसेको छ । बैठकमा इजराइलले तेहरानविरुछ नयाँ प्रतिबन्धका लागि दबाब दिएको छ । महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्व क्षेत्र ‘युद्ध’ को सङ्घारमा रहेको चेतावनी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो
बैशाख २९, २०८१ शनिबार
दक्षिणी गाजाको रफाहबाट हजारौंलाई सो क्षेत्र छोडन इजरायलको चेतावनी
बैशाख २९, २०८१ शनिबार
चीनद्वारा प्रमुख ‘परजीवी रोग’ नियन्त्रणका लागि योजना जारी
बैशाख २९, २०८१ शनिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख ३०, २०८१ आइतबार
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
बैशाख ३०, २०८१ आइतबार
हुलाकी सडक कालोपत्र गरिँदै
बैशाख ३०, २०८१ आइतबार
काठमाडौंको बत्तीसपुतलीमा २४ वर्षीय युवकको हत्या, ४ जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
कोलकोता आइपिएलको प्लेअफमा
बैशाख ३०, २०८१ आइतबार
गायक रवि ओडले गरे प्रहरीमा आत्मसर्मपण
बैशाख ३०, २०८१ आइतबार