सुन्तलाखेती एकैछिनको असिनाले सखाप, किसान चिन्तित
नेपालबहस संवाददाता
बैशाख ३, २०८१ सोमबार १४:७:१०
३ वैशाख, पर्वत । लामो समयपछि परेको वर्षासँगैको असिनाले पर्वतको सुन्तला पकेट क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । जिल्लाको मोदी गाउँपालिका–२ देउपुरमा गरिएको व्यावसायिक सुन्तलाखेतीमा असिनाले क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन् ।
शनिबार दिउँसोदेखि लगातार एक घण्टासम्म परेको असिनाले फल लाग्न थालेका सुन्तला पूरै झारेर नष्ट गरेको स्थानीय किसान दाताराम चापागाईंले बताए । यहाँका झण्डै दुई सय किसानले लगाएका सुन्तलाखेती एकैछिनको असिनाले सखाप बनाएको उनले बताए ।
यहाँका कृषकले वार्षिक रु पाँचदेखि रु आठ करोडसम्मको सुन्तला बिक्री गर्दै आएका छन् । एक वर्ष धेरै उत्पादन भए अर्को वर्ष कम उत्पादन हुने सुन्तला खेतीबाट लगातार दुई वर्ष नोक्सानी व्यहोर्नु परेको चापागाईंले बताए । “अघिल्लो वर्ष पनि सुन्तलामा फल लाग्नेबेला आएको असिनाका कारण यहाँका किसानले करिब रु चार करोड भित्र्याएका छन् । यस वर्ष पनि फल लाग्ने बेला असिना पर्यो”, उनले भने ।
अहिले पनि सुन्तलाको फूल र बतिला सबै झारेर नष्ट गरिदिएकाले आगामी वर्ष आम्दानी ह्वात्तै घट्ने सम्भावना बढेको किसान प्रकाश चापागाईंले बताए। उनका अनुसार पानीसँगै परेको असिनाले सुन्तलासँगै खेतबारीमा भर्खरै उम्रिएका मकै, लहरे तरकारीबाली र अन्य व्यावसायिकरुपमा लगाइएको काउली, बन्दा, सिमी, केराउलगायत तरकारीमा क्षति पु¥याएको छ ।
दुई साताअघि नेपालकै स्वादिलो रैथाने जातको सुन्तला उत्पादन हुने पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा पनि असिनाले क्षति पुर्याएको थियो । फल लाग्न फुलेका सुन्तला र मुनाहरु पूरै झारेर नष्ट गरिदिएको थियो भने आलु, गहुँ, तोरी र जौ खेतीमा समेत क्षति पु¥याएको थियो ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रले शनिबार परेको भिषण वर्षासँगैको असिनाले मोदी गाउँपालिकाका विभिन्न वडामा लगाइएको सुन्तला तथा हिउँदे बालीमा क्षति पुर्याएको जनाएको छ ।
मोदीका देउपुर, बाजुङ, भुकताङ्ले, तिलाहार, राम्जा, चित्रेलगायत क्षेत्रमा असिनाले क्षति पुयाएकामा बढीमात्रामा सुन्तलाखेतीमा असर गरेको ज्ञान केन्द्र प्रमुख पर्शुराम अधिकारीले जानकारी दिए । उनले क्षतिको विवरण सङ्कलन भइरहेका विस्तृत विवरण भने आउन बाँकी रहेको बताए । फल लाग्ने बेलामा असिनाले झारेपछि उत्पादनमा कमी आउन सक्ने उनको भनाइ छ ।
लामो समयको खडेरीपछि यस क्षेत्रमा वर्षा भएको थियो । वर्षासँगैको चट्याङमा परी मोदी–१ भुकदेउराली र वडा नं ७ राम्जादेउरालीमा गरी दुई जनाले ज्यान गुमाएका छन् भने बालीनालीमा समेत क्षति भएको मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिए । चट्याङ र असिना पीडित परिवारलाई गाउँपालिकाले तत्कालका लागि केही राहत दिने तयारी गरिरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार
तराई तथा काठमाडौं उपत्यकामा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार