सामाजिक सद्भाव खल्बलाउनेलाई कानुनी कारबाहीको माग
आबिद हुसेन
बैशाख ३, २०८१ सोमबार १६:५८:४५
२ बारा, वैशाख । नेपाली मुस्लिम समाज बाराले जिल्ला प्रशासन कार्यालय बारा मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
सामाजिक सञ्जालमा मुस्लिम धर्मका प्रवर्तक (दुत) पैगम्बर मोहम्मदसंग जोडिएर अनर्गल प्रचार गरेको भन्दै मुस्लिम समाज बाराले प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । रोजाको अवसरमा सामाजिक सञ्जालमा आपत्तीजनक कुराहरु लेखेर मुस्लिम समुदायमाथि अघात पु¥याउने अनर्गल प्रचार गरेको भन्दै ज्ञापन पत्रमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
२८ चैतमा सामाजिक सञ्जालमार्फत सर्वोच्च अदालतका निवर्तमान न्यायाधीश कमलनारायण दासले लेखेको कुराले मुस्लिम समुदायमाथि ठेस पुगेको ज्ञापनपत्रमा उल्लेख छ ।
‘संविधानको भाग ३ मा उल्लेखित मौलिक हक र कर्तव्यको उल्लंघन भएको छ । प्रत्येक नेपालीले वर्तमान संविधानलाई हृदयले मानेको अवस्थामा कमलनारायण दास संविधानको खिलाफ जानुभएको छ, ज्ञापन पत्रमा लेखिएको छ, ‘निजको समाचारले नेपाली समाजमा कलह र अशान्तिको वातावरण सृजना गरेको छ । त्यसकारण ठोस कदम चालियोस् ।’
सामाजिक सञ्जालमा मुस्लिम समुदायका धर्म प्रवर्तक पैगम्बर मोहम्मदको चरित्र हत्या गर्नेलाई आवश्यक कारवाही गर्न प्रभानमन्त्री र गृहमन्त्रीसँग ज्ञापनपत्रमार्फत माग भएको छ । साथै मुस्लिम समुदायको संवैधानिक जिउज्यानको सुरक्षा गर्न, तथा मस्जिद, मदर्सा लगायतका धार्मिक स्थलको सुरक्षा गर्न पनि ज्ञापनपत्रमार्फत माग गरिएको हो ।
नेपाली मुस्लिम समाज बाराको तर्फबाट खुशमहम्मद, शेष सैनुल्लाह ,अनवर अंसारी , महम्मद नौसाद ,अबदुर रहमान सहितकाले ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझ्दै बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले मुस्लिम समुदायलाई बुझाएको ज्ञापनप्रति प्रशासन गम्भीर रहेको जनाए । थप कारबाहीको लागि ज्ञापनपत्र आजै गृह मन्त्रालयमा पठाइदिने प्रजिअ घिमिरेले प्रतिबद्धता गरे ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार