मुख्यमन्त्री कार्कीलाई अल्टिमेटम दिँदै कोशी सरकारविरुद्ध एमाले र माओवादीले दर्ता गराए संकल्प प्रस्ताव
नेपालबहस संवाददाता
बैशाख ३, २०८१ सोमबार १८:१२:२८
३ वैशाख, विराटनगर । कोशी प्रदेश सरकारका विरुद्ध नेकपा एमाले र नेकपा माओवादीले संकल्प प्रस्ताव दर्ता गरेका छन् । सोमबार कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीलाई दुई दलले संकल्प पत्र हस्तान्तरण गर्दै दर्ता गराएका हुन् । वैशाख २५ गतेभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने नभए राजीनामा दिनुपर्ने बेहोरासहितको संकल्प प्रस्ताव दर्ता गरिएको एमालेले जनाएको छ ।
नियमावलीको नियम ७१ बमोजिम संकल्प प्रस्तावको सूचना प्रदेशसभामा दिएको प्रस्तावका समर्थक पूर्वमन्त्री तथा माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले बताए । एमाले र माओवादीका ५२ जना सांसदको समावेदनको आधारमा प्रदेश प्रमुखले वैशाख ६ गतेलाई प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।
राजीनामा नदिए वा विश्वासको मत पनि नलिए मन्त्रिपरिषदका कुनै पनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने बेहोरा संकल्प प्रस्तावमा उल्लेख गरिएको छ । प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन) समेतको नियम ४७ को उपनियम १ बमोजिमका सर्तका अधिनमा रही सोही नियमावलीको नियम ७० को उपनियम १ को खण्ड (ग) बमोजिम संकल्प प्रस्ताव दर्ता गरिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार