धनकुटाको हिलेमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता शुरु
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार ११:२६:१५
४ वैशाख, धनकुटा । धनकुटाको हिलेबजारमा १७ ओै कोशी प्रदेश अन्तरपालिका राम नवमी कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । राम नवमी पर्वको अवसरमा हिले भलिबल क्लबको आयोजनामा सञ्चालित भलिबल प्रतियोगिता वैशाख ५ गते सम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा कोशी प्रदेशका विभिन्न ८ वटा पालिकाको सहभागिता रहेको छ । १७ राम नवमी कप भलिबल प्रतियोगिता सोमबार एक औपचारिक कार्यक्रमका बीच जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङले उद्घाटन गरेको थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तामाङ विशिष्ट अतिथि सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई , विशेष अतिथि वडा अध्यक्ष ओङद तामाङ लगायत अतिथिहरुको उपस्थितिमा खेलाडीसँग परिचय तथा बल हस्तान्तरण गर्दै उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
पहिले खेल दमक नगरपालिका र आयोजक हिले भलिबल क्लब बीच भएको खेलमा दमक २५-१२, दमक २५-१५ दमक १७-२५ दमक २५-१९ दमक ३-१ ले आयोजक हिले भलिबल क्लबलाई हराउँदै दमकले जितेको हो । यस्तै दोस्रो खेल पाख्रीबास नगरपालिका र बराह नगरपालिका बीच भएको खेलमा पाख्रीबास २५-१३, पाख्रीबास २५-१९ पाख्रीबास २७-२५ बराहलाई ३-० लगाउँदै पाख्रीबासले जितेको राष्ट्रिय रेफ्रि कोशी प्रदेश अध्यक्ष विनय राईले जानकारी दिनुभयो ।
राम नवमी कप भलिबल प्रतियोगिताका प्रथम पुरस्कार नगद १ लाख ५० हजार ट्रफी मेडल प्रमाणपत्र , दितिय नगद ७५ हजार ट्रफी मेडल प्रमाणपत्र पुरस्कार पाउने हिले भलिबल क्लबका अध्यक्ष सञ्जिव तितुङले जानकारी दिनु भएको छ ।
मंगलबार बेलबारी र महालक्ष्मी नगरपालिका , सडान्नद भोजपुर र रङ्गगेलि मोरङ लगायत टिमको खेल सञ्चालन हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार