क्रान्तिकारी मोहन वैद्यको माओवादीभित्र बबण्डर
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार १६:४:३२
४ वैशाख, काठमाडौं । क्रान्तिको ऐतिहासिक आवश्यकता भन्दै एक वर्ष पहिले नेकपा (बहुमत ) सँग पार्टी एकता गर्न पुगेको वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भित्र भाँडभैलो मच्चिएका कारण सात महिनादेखि केन्द्रीय समितिको बैठकसमेत बस्न सकेको छैन ।
वैद्यले क्रान्तिका नाममा कार्यकर्ताहरूलाई अल्मल्याउँदै आएकाे आरोप उनकै पार्टी कार्यकर्ताहरुले लगाएका छन् । आगामी जेठमा सम्पन्न गरिने भनिएको एकता महाधिवेशनबाट फौजी कार्यदिशा पारित गरेर जनमुक्ति सेना निर्माण गर्ने, पार्टीको कार्यदिशा सशस्त्र जन विद्रोह भएकोले त्यसको सवल कार्यान्वयनका लागि सोही बमोजिमका विद्रोही संगठन बनाउने र पार्टीलाई भूमिगत शैलीमा ढाल्ने तथा खुला रुपमा पार्टीको कार्यक्रम जनताको बीचमा पुर्याउनका लागि संयुक्त मोर्चा निर्माण गर्ने भन्दै पार्टी एकता गरेका थिए ।
वैद्यको पुरा टोली पार्टी एकताको छ महिनापछि २०८० असोजमा बसेको केन्द्रीय समितिको बैठकले कञ्चन, सुदर्शन जस्ता विचारबिहिन स्वार्थी, अवसरवादी तथा आर्थिक विचलन र सांस्कृतिक विचलन परेकाले प्रचण्ड, विप्लव नेतृत्वका पार्टीहरूले कार्यवाही गरेर साधारण सदस्यबाट निकालिएकाहरूकाे दबाबमा परेर वैकल्पिक सरकार गठन गर्ने कार्यदिशा पारित गरेर प्रचण्डको लाइनलाई पक्रन पुगेपछि पार्टी भित्रका क्रान्तिकारी कार्यकर्ताहरू निराश हुन पुगेकाे बताइएकाे छ ।
स्राेतका अनुसार अहिले त झन सन्तबहादुर नेपालीले नेतृत्व गरेको विद्रोही मसालसँग पार्टीको पथ प्रदर्शक सिद्धान्त माओवादलाई खुला बहसमा लैजाने, त्यस्तै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीद्वारा सञ्चालन गरिएको दश वर्षे सशस्त्र युद्धलाई जनताको युद्ध नमान्ने तहसम्म आइपुगेको छ । त्यो उग्रवामपन्थी भड्काउ र आतंककारी गतिविधि थियो भन्ने विषयलाई खुला बहसमा लैजाने र संघीयतालाई पनि पार्टीको आधिकारिक लाइनबाट हटाउने विषयलाई पनि खुला बहसमा लैजाने भनिएको छ ।
आगामी वैशाख महिना भित्र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र विद्रोही मशालसित पार्टी एकता गर्ने तयारी भइसकेको खबर बाहिर आएको सात महिनासम्म पनि नेतृत्वले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन सकेको छैन । यसले एकातिर कार्यकर्ताहरू निराश हुँदै पार्टी छोड्ने र पलायन हुने तीव्र गतिका साथ अगाडि बढिरहेको छ भने अर्को तिर सांस्कृतिक रुपले विचलनमा परेकाहरूका कारण पार्टी गलत दिशामा गइरहेकाे दावी एक नेताकाे छ ।
विप्लव नेतृत्वको नेकपा भित्र करोडौंको भ्रष्टाचार गरेपछि पार्टीले साधारण सदस्यबाट समेत निस्कासन गरिएका प्रचण्डपथको सबैभन्दा ठूलो हिमायती र व्याख्याता हेमन्त प्रकाश वलीलाई वैद्यले लाजै नमानि पार्टी भित्र भित्र्याएको र हाल आएर आफ्नो भावी उत्तराधिकारीका रुपमा अगाडि सार्ने कसरत गरिरहेको भन्दै पार्टी भित्र हल्ला फैलिएको छ । जनयुद्ध कै बेलादेखि तत्कालीन शाही नेपाली सेनाको गुप्तचरको रुपमा काम गर्दै आएको नेपाली सेनाको गुप्तचर अशोक सुवेदीलाई समेत पार्टीको केन्द्रीय सदस्य बनाएकोमा वैद्यप्रति आम कार्यकर्ताहरू सशंकित हुँदै आएको एक केन्द्रीय सदस्यले बताए ।
विभिन्न टेलिभिजन अन्तर्वार्तामा वैद्यले वैकल्पिक सरकारको माग भट्ट्याउँदै आएको विषयलाई वैद्यको संसदीय व्यवस्थाभित्र छिर्ने चालबाजी भएको आशंका पार्टी भित्र फैलिएको ति नेताको भनाइ छ । पार्टीको पथ प्रदर्शक सिद्धान्त माओवाद पनि नमान्ने र दश वर्षे जनयुद्धलाई जनयुद्ध नभएर आतंककारी गतिविधि मान्दै आएका रामसिंह श्रीसलाई केन्द्रीय स्कुलिङ विभागको संयोजक बनाएपछि झन बबाल मच्चिएको छ ।
आर्थिक, नैतिक, सांस्कृतिक रुपमा पतन भएको प्रचण्डपथकाे सबैभन्दा ठूलो प्रशंसक र व्याख्याता सावित भइसकेको व्यक्ति हेमन्त प्रकाश वलीले तयार पारेको पाठ्यक्रम र उसैलाई ठूलो मार्क्सवादी प्रशिक्षक बनाएर ठाउँ ठाउँमा प्रशिक्षण गर्न खटाउने गरेको र अधिकांश प्रशिक्षकहरुले आफ्ना छोराछोरीहरू अमेरिका, युरोप, अष्ट्रेलिया, जापान, जर्मन, क्यानडा जस्ता ठूलो साम्राज्यवादी तथा पुँजीवादी मुलुकहरूमा पढ्न पठाएका र छोराछोरीहरूले पठाएको डर खाएर डकार्नेहरूलाई नै केन्द्रीय प्रशिक्षक बनाएर स्कुलिङमा पठाउने गरेको विषयलाई पनि दुनियाँले आश्चर्य ढंगले हेरिरहेको भन्दै वैद्य माओवादीमा भाडभैलो मच्चिएको छ ।
अर्को विभिन्न पार्टीबाट आर्थिक, सांस्कृतिक, नैतिक पतन भएकाहरूलाई पार्टी भित्र भित्र्याएर मोहन वैद्यले उनीहरूको संरक्षक बनिरहेको आरोप छ । तर वैद्यले कसैले थाहा नपाए जस्तो गरि मस्तीसित रमाइरहेको देखेर कार्यकर्ताहरू आश्चर्यचकित भएको बताइएको छ । त्यस्तै वैद्यले एउटा सीताराम तामाङको नेतृत्वमा आर्थिक चन्दा संकलन गर्ने ठूलो कमिटी बनाएर परिचालन गरि लाखौं जनताबाट असुली गर्ने अर्कोतिर विप्लव नेतृत्वको नेकपा छँदा चन्दा आतंक फैलाउन सहयोग गरेका कार्यकर्ताहरू लिएर पार्टी भित्र पसेको हेमन्त प्रकाश वलीले उनै युवाहरूलाई प्रयोग गरेर कालो मोसो दल्दै चन्दा असुल्दै गरेको नेताहरु बताउँछन् ।
करोडौं रकम जम्मा गरेर मस्ती गरेको आरोप वैद्यप्रति लाग्दै आएको छ । वैद्यले नक्कली क्रान्तिकारिता आवरणमा यी सबै क्रियाकलाप भइरहेको आम पार्टी पंक्ति भित्र फैलिदाँसम्म पनि नसुनेकै गरि चुपचाप बस्नुलाई पार्टीभित्र अर्थपूर्ण रुपमा हेरिन थालिएको छ । यी सबै क्रियाकलापलाई विश्लेषण गर्नेहरूले वैद्य नेतृत्वको माओवादी पार्टी विघटनको दिशातिर उन्मुख भइरहेको एक केन्द्रीय सदस्यले बताए ।
यसका अतिरिक्त वैद्य स्वयंले काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ३ ( ग्राण्डी अस्पतालको पछाडिपट्टि ) अढाई तले आधुनिक घर किनेर आफू चाहिँ आनन्दले बस्ने तर गरीब नेपाली जनताका छोराछोरीहरूलाई भने बन्दुक बोकाउन प्रेरित गरिरहेको घटनालाई वैद्यको क्रान्तिकारिता हात्तीको देखाउने दाँत भएको भन्ने गरिएको छ । प्रचण्डले कारवाही गरेर साधारण सदस्य समेतबाट निस्कासन गरिएका सुदर्शन, कञ्चन जस्ता व्यक्तिहरू सुरक्षाका लागि विभिन्न पार्टी खोज्दै हिडेकाहरुलाई पार्टी भित्र भित्र्याइएपछि पार्टी भित्र भाँडभैलो मच्चिएको र पार्टी एकता वैद्यका लागि घाँडो बन्न पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादकत्व बढाउनुपर्छ : राष्ट्रपति पौडेल
बैशाख १९, २०८१ बुधबार
समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक : महामन्त्री शर्मा
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
गैरकानुनी बाटोबाट रोजगारीमा नजान दूतावासको आग्रह
बैशाख १९, २०८१ बुधबार
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादकत्व बढाउनुपर्छ : राष्ट्रपति पौडेल
बैशाख १९, २०८१ बुधबार
काभ्रेको रोशी गाउँपालिकामा आगलागी, १५ घर जले
बैशाख १९, २०८१ बुधबार
लखनउसँग मुम्बई पराजित, प्लेअफको सम्भावना सकियो
बैशाख १९, २०८१ बुधबार
नेपाल र वेस्ट इन्डिज 'ए' बीचको तेस्रो खेल आज
बैशाख १९, २०८१ बुधबार
आज अन्तराष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै, सार्वजनिक विदा
बैशाख १९, २०८१ बुधबार