सुप्रिम सहकारीका पीडित भन्छन, ‘एमाले र माओवादीले बचाएर हुँदैन, गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ’
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार १३:५:४१
४ वैशाख, भैरहवा । नेपाल प्रहरीले बुझाएको सहकारी ठगी सम्बन्धी प्रतिवेदनमा दोषी देखिँदा पनि प्रतिवादी नबनाएको भन्दै रुपन्देहीको बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितले रकम अपचलनमा संलग्न गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् । आफ्नो सरकार बचाउन सत्तारुढ नेकपा एमाले र माओवादीले रवि लामिछानेलाई बचाउने काम गरिरहेको उनीहरुको भनाइ छ ।
उनीहरुले मंगलबार बुटवलमा प्रदर्शन गर्दै नेकपा एमाले र माओवादीले रविलाई कहिलेसम्म बचाउने भन्दै प्रश्न पनि गरेका छन् । बुटवल र भैरहवामा रहेका उक्त सहकारीका बचतकर्ताले संस्थाको दुई करोड रुपैयाँ अपचलन गरेको आरोप लागेका लामिछानेमाथि छानबिनका लागि दबाब दिएका हुन् । उनीहरुले रविलाई सत्तारुढ दलले बचाउन खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएका छन् ।
सुप्रिम सहकारी पीडित संघर्ष समितिले आयोजना गरेको प्रदर्शनमा सहभागी पीडितले सहकारीको रकम हिनामिनामा संलग्न संस्थाका पूर्व अध्यक्ष जीबी राईलाई पक्राउ गरेर कारबाही गर्न माग गरे । बुटवलको राजमार्ग चौराहामा भेला भएका पीडितले विभिन्न माग उल्लेख गरिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । राजमार्ग चौराहाबाट नाराबाजी गर्दै पीडित बुटवलको ट्राफिक चोकसम्म पुगेका थिए ।
प्रदर्शनमा सहभागीले गृहमन्त्रीले मुख्य आरोपी जीबी राईलाई पक्राउ गर्न नसक्नुको कारण माग गरेका छन् । यसअघिका विरोध कार्यक्रममा गृहमन्त्रीको नाम नलिएका पीडितले मंगलबार लामिछाने माथि छानबिनको माग गरेका हुन् । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा पेस गरेको अभियोग पत्रमा प्रमाण समेटेर लामिछानेले सहकारीबाट दुई करोड रुपैयाँ अपचलन गरेको उल्लेख गरिएको छ ।
रकम अपचलन गरेको पुष्टि भएको खबर सार्वजनिक भएपछि पीडितले गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने माग गरेका हुन् । संघर्ष समितिका संयोजक विजयकुमार नेपालले पीडितले संघर्षलाई निरन्तरता दिने बताए । सडक प्रदर्शनबाट माग पूरा नभए काठमाडौं पुगेर संघीय सदन घेराउ गर्ने उनले चेतावनी दिए । उनले कसैले पनि दोषी बचाउन नपाउने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छः पीडित
बैशाख १०, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार
राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान
बैशाख २०, २०८१ बिहिबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार