सिटिजन्स बैंकले दिन्छ निःशुल्क इ–कम कार्ड, १७ औं वार्षिकोत्सवको अवसरमा छुटैछुटको योजना
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार १७:२४:२७
४ वैशाख, काठमाडौं । डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरू सार्वजनिक गरेको छ ।
वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यही वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यास ब्याक लगायतका योजनाहरू सार्वजनिक गरेको हो । सो योजना अन्तर्गत डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताहरूले (POS) मशिन र अनलाइनमार्फत रु १००० वा बढीको कारोबार गर्दा १७% वा बढीमा रु १७० क्यास ब्याक पाउने छन् । यसैगरी सिटिजन्स स्मार्ट मार्फत क्यु आर कोड स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरूको लागि पनि रु ५०० वा बढीको कारोबार गर्दा १७% वा बढीमा रु १७० क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ ।
डिजिटल भुक्तानीको अर्को माध्यम ई-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभरमा इ-कम कार्ड लिन चाहने ग्राहकहरूलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ । त्यसैगरी बैंकले यस योजना अवधिभर ग्राहकहरूका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था गरेको छ । साथै बैंकका निष्क्रिय मोबाइल बैंकिङ ग्राहकहरूलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुस्ट रु १५० छुट प्रदान गरिने समेत जानकारी बैंकले गराएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट १७ लाख ४६ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
पुस महिनाका लागि १४ वाणिज्य बैंकले यथावत राखे ब्याजदरः तीन वटाले बढाए, तीनले घटाए
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार