यो समीकरणमा केही भए लौ बर्बाद भयो भन्ने नठान्नु: ओली
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार १७:५१:४२
४ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरण भत्काउन ठूलै कसरत सुरु भएको बताएका छन् । उनले देशभित्र र बाहिरका शक्तिले यो समीकरण भत्काउन साना दललाई ठोस्न थालेको बताएका छन् । तर, यति सजिलै समीकरण नभत्कने उनको दावी छ । उनले समीकरण र एमालेतिर वक्रदृष्टि नलगाउन चेतावनी पनि दिए ।
मंगलबार झापा जिल्ला कमिटीको बैठकमा उनले केही घटना घटिहाले अप्ठेरो नमान्न पनि आग्रह गर्दै ढाल्नका लागि देशी–विदेशी शक्तिले षड्यन्त्र गरिरहेको दाबी गरे । उनले भने, ‘अहिले यो समीकरण ढाल्नका लागि देशी विदेशी शक्तिहरूले षड्यन्त्र गरिरहेका छन् । तर, सक्दैनन् । केही घटना घटिहाल्दा साथीहरूले अप्ठेरो नमान्नुहोला, लौ बर्बाद भयो भनेर नठान्नुहोला, बर्बाद हुँदैन । रोक्न कोसिस गरिन्छ ।’
एमालेले पहिले प्रधानमन्त्री बनाएका पुष्पकमल दाहाल प्रचण्ड अलमलिएर कांग्रेससँग सहकार्य गर्न पुगेको र अहिले देशको पक्षमा निर्णय गरेको बताए । ओलीले एमालेले गठबन्धनमा गृहसहित मन्त्रालय छाड्यो भनेर बाहिर टिप्पणी भएको भन्दै पहिलेको गठबन्धन ढाल्नु उपलब्धि भएको बताए ।
हामीले गठबन्धन ढाल्नु थियो, गठबन्धन ठाल्दियौँ । कुन मन्त्रालय, कुन मन्त्रालय भन्ने होइन । हाम्रो गृहमन्त्री, हाम्रो प्रधानमन्त्री, हाम्रो सरकार, उनले भने, पहिले प्रचण्ड जीलाई प्रधानमन्त्री बनाएको थिए । केही अल्मलिनुभयो, झुक्किनुभयो । फेरि हामी उहाँलाई कन्भिन्स गर्नुभयो । अहिले साहसिक निर्णय गर्नुभएको छ । देशको पक्षमा निर्णय गर्नुभएको छ, ओलीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार