प्रहरीले तामेलीमा राख्यो एमाले नेता महेश बस्नेतविरुद्ध परेको बलात्कारको मुद्दा
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार १९:७:१८
४ वैशाख, काठमाडौं । एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेत विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा परेको भ्रूण हत्या, बलात्कार डाँका चोरी मुद्दा तामेलीमा राख्न प्रहरीले राय लेखेको छ ।
नेता बस्नेत विरुद्ध एक महिलाले गरेको भ्रूण हत्या, बलात्कार डाँका चोरीको उजुरी उपर अनुसन्धान गर्दा प्रहरी परिसर काठमाडौंले तत्काल मुद्दा चलाउने कुनै तथ्य प्रमाण नपाएको जनाउँदै हाललाई तामेलीमा राख्ने निर्णय गर्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई पत्राचार गरेको प्रहरी स्रोतले बतायो ।
बस्नेतविरुद्ध एमाले कै युवा संघमा आबद्ध एक जना ३१ वर्षिया युवतीले प्रहरीमा जाहेरी दिएकी छन् । बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको थियो । उनले हुलाकमार्फत पठाएको जाहेरी मुलुकी अपराध संहिता–२०७४ अनुसार प्रहरीमा दर्ता भएको हो । जाहेरी दर्ता भएसँगै बस्नेतलाई काठमाडौं प्रहरीले सोधपुछ तथा अनुसन्धान गरेको थियो । पीडित युवतीले गत ०८० चैत ७ मा प्रहरीमा जाहेरी दिएकी थिइन ।
बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी थिइन् । पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ । उनीमाथि २ महिना १५ दिनको गर्भ हत्या गरेको आरोप लगाइएको थियो । औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडितको आरोप दावी थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
एसएसपी बढुवाका लागि चरम राजनीतिक लविङ
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका दुई डीआइजी एआइजी बढुवामा सिफारिस
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले पाए सहसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी गर्ने पक्राउ
पुष १९, २०८१ शुक्रबार
थाइल्याण्डका प्रधानमन्त्रीको २० लाख डलरका ह्यान्डब्याग र ५० लाख डलरका घडी
पुष १९, २०८१ शुक्रबार