रिलिज अघि पुष्पाः २ ले १ हजार करोड कमाई गर्न सक्ला ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार ११:२५:४५
५ वैशाख, मुम्बई। कुनै पनि फिल्मको लागि आफ्नो बजेटको काम गर्नु धेरै महत्त्वपूर्ण छ। कतिपय फिल्म यस्ता छन् जसले बक्स अफिसमा धेरै कमाइ गर्छन् ।
तर, केही फिल्म यस्ता छन् जसले रिलिज हुनुअघि नै करोडौंको व्यापार गर्छन् । आज हामी तपाईलाई एउटा यस्तो फिल्मको बारेमा बताउन गइरहेका छौँ जुन अहिलेसम्म रिलिज पनि भएको छैन तर रिलिज हुनुअघि नै यसले १००० करोड क्लबमा प्रवेश गर्न सक्ने बताइएको छ । यो कुन फिल्म हो भनौं त ?
वास्तवमा हामीले जुन चलचित्रको कुरा गरिरहेका छौं, त्यो हो बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २’ । हो, अल्लु अर्जुनको यो फिल्मलाई लिएर मानिसमा फरक क्रेज रहेको छ र फ्यानहरु यो फिल्मको रिलिजको लागि आतुर छन् । रिपोर्टलाई विश्वास गर्ने हो भने यो फिल्मको बजेट ५ सय करोड रहेको बताइन्छ तर रिलिज अगावै फिल्मले ठूलो कमाई गर्न सक्छ ।
रिपोर्टका अनुसार फिल्मले आन्ध्र र तेलंगानामा मात्रै २०० करोडको प्रि रिलिज वितरण अधिकार मागेको छ। पुष्पाको पहिलो पार्टलाई दर्शकले निकै रुचाएका थिए र यो फिल्मले पनि बक्स अफिसमा कमाल गरेको थियो । फिल्मले हिन्दी क्षेत्रमा पनि राम्रो कमाई गरेको थियो । यसैलाई मध्यनजर गर्दै अब फिल्मले २०२४ मा पनि राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ ।
यसैबीच इन्डिया टुडेको रिपोर्टलाई विश्वास गर्ने हो भने ट्रेड स्रोतले फिल्मको प्रि रिलिज व्यापार पहिले नै एक हजार करोड भारु पार गर्न सक्ने बताइएको छ। फिल्म रिलिज हुन अझै चार महिना बाँकी छ । पुष्पको समग्र प्रि रिलिज व्यापार राम्रो रह्यो भने पठान, गदर २ र एनिमल जस्ता ब्लकबस्टर फिल्मसँग प्रतिस्पर्धा गर्न सक्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार