नाउपाको मुखबाट खोसेर माधव नेपाललाई दिए पनि सुदूरको मुख्यमन्त्रीमा अझै किचलो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार १२:५७:४
![](https://nepalbahas.prixacdn.net/media/albums/sudur-pachima-cabinet_aHIXh95FGy_hLKVaAlvbG.jpg)
५ वैशाख, काठमाडौं । केन्द्रीय सत्ता समीकरण जोगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पटक पटक बचन फेर्न बाध्य छन् । यी दुई नेताको अडान कायम नरहँदा सुदूरपश्चिमको मुख्यमन्त्री पद साँढे र स्यालको कथा जस्तो भएको छ । कहिले नागरिक उन्मुक्ति पार्टी र कहिले नेकपा एकीकृत समाजवादीलाई प्रचण्ड र ओलीले मुख्यमन्त्रीको लोभ देखाएर दुई दलमा झगडाको बिउ रोपिदिएका छन् ।
आइतबार नागरिक उन्मुक्ति पार्टीलाई दिएको मुख्यमन्त्री पद मंगलबार फेरी नेकपा एसलाई दिएका छन् । नेकपा एसलाई मुख्यमन्त्री दिने सहमति भएपछि पनि नेकपा एमालेले मुख्यमन्त्री हुने व्यक्तिलाई लिएर अर्को बखेडा निकालेको छ । आफ्नो दलले मुख्यमन्त्री नपाएपछि कांग्रेससँग समीकरण गरेर एकीकृत समाजवादीले सुदुरपश्चिममा केन्द्रीय सत्ता गठबन्धनविरुद्ध विद्रोह गरेको थियो । यसपछि उत्पन्न हलचल ओली र प्रचण्डले मंगलबार थामथुम पारेका थिए । तर, बुधबार बिहानैदेखि पुनः खटपट देखिएको छ ।
गठबन्धनका शीर्ष नेताहरूबीच मंगलबार बिहान सुदुरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भएपनि एमालेले मुख्यमन्त्रीमा दाबी पेस गर्ने व्यक्तिका विषयमा चासो राखेपछि अन्योलता उत्पन्न भएको हो । मंगलबार एकीकृत समाजवादीको नेतृत्वमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता पक्ष) र स्वतन्त्र सांसदको समर्थनमा बुधबार बिहान दाबी पेस गर्ने तयारी गरिएको थियो ।
एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरिसकेको छ । तर एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने अडान लिएपछि राजनीतिक खटपट भएका हो । अहिले एकीकृत समाजवादी र एमालेका शीर्ष तहका नेताहरु विभिन्न तहमा छलफल गरिरहेको बुझिएको छ ।
आफ्नो दललाई मुख्यमन्त्री दिने समझदारी भएपछि यसअघि कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीको दाबी पेसमा गरिएको समर्थन एकीकृत समाजवादीले मंगलबार फिर्ता लिएको थियो । प्रदेश प्रमुखले यसअघिको दाबी पेस आव्हानमा नागरिक उन्मुक्तिकै दुई जनाको दाबी पेस हुन आएकोले निष्कर्षमा पुग्न नसकिएको जनाउँदै बिहीबारसम्मको म्याद दिएर संविधानको धारा १६८ (२) अनुसार मंगलबार पुनः दाबी पेस गर्न आह्वान गरिसकेका छन् ।
एकीकृत समाजवादीले नेपाली कांग्रेस समेतको साथ लिएर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि सत्ता गठबन्धनभित्र संकट देखिएको थियो । तर एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीलाई नै मुख्यमन्त्री बनाउने समझदारी गरेपछि सुदूरपश्चिमबाट सुरू हुन लागेको संकट मत्थर भएको थिए ।
मुख्यमन्त्री पाउने आसमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले नेकपा एमाले, माओवादी केन्द्र नेतृत्वको गठबन्धनमै रहने वचनबद्धता व्यक्त गरेकी थिइन् । तर फागुन २७ गते नाउपाका संरक्षक रेशम चौधरी पक्षका तीन सांसद सुदूरपश्चिम सरकारमा सहभागी भए । यसले सुदुरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने देखिएपछि प्रधानमन्त्री प्रचण्डले नाउपाका संरक्षक चौधरी र अध्यक्ष रञ्जितासँग छुट्टाछुट्टै छलफल गरेर मुख्यमन्त्री दिने भनेका थिए ।
प्रधानमन्त्रीसँगको भेटमा संरक्षक चौधरीले मुख्यमन्त्री दिए सत्ता गठबन्धनलाई सहयोग गर्न सकिने बताएका थिए । त्यसैले गत आइतबार संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्ने दिन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सुदूरपश्चिमको संकट टार्न नाउपालाई मुख्यमन्त्री दिन लागिएको जानकारी दिएका थिए ।
आगामी दुई वर्ष नाउपाले सरकारको नेतृत्व गर्ने र त्यसपछिको बाँकी कार्यकाल एकीकृत समाजवादीले लिने गरी मिलाउनुपर्ने अवस्था आएको भनेर नेपाललाई सम्झाएका थिए । तर, उनले सुदुरपश्चिममा विद्रोह गरेर सत्ता समीकरणलाई प्रभावित बनाउने धम्की दिए । रुष्ट बनेको एकीकृत समाजवादी कांग्रेसलाई साथ दिने अवस्था सिर्जना गर्यो ।
नेपाली कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ पाएपछि रेशम पक्षीय लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरे । उनको पक्षमा कांग्रेसका १८, एकीकृत समाजवादीका ४, नाउपाका ५ र राप्रपाको १ गरी २८ सांसदको समर्थन थियो ।
उता सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका नाउपाकै सांसद कैलाश चौधरीको पक्षमा पार्टीका दुई सांसद मात्रै खुले। उनका पक्षमा माओवादी केन्द्रका १०, एमालेका १०, नाउपाका २ र स्वतन्त्र सांसद तारा जोशीले समर्थन गर्दा पनि २३ मात्रै थियो । एकीकृत समाजवादीकै कारण गठबन्धन संकटमा पुगेपछि मंगलबार प्रधानमन्त्री प्रचण्ड आफैले सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई नै दिने समझदारी गरे । अहिले एमालेले नेकपा एसको मुख्यमन्त्री हुने व्यक्तिमा प्रश्न उठाएर लफडा निकालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमका संसदीय सभापतिका लागि आज निर्वाचन
फागुन ४, २०८१ आइतबार
सुदूरपश्चिम प्रदेश नीति आयोगमा दुई सदस्य नियुक्त
फागुन २, २०८१ शुक्रबार
विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण
माघ २९, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार
हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने
फागुन ४, २०८१ आइतबार
आइतबार साढे १९ अकले बढ्यो बजारः २७ सय नजिक पुग्यो नेप्से, ९ अर्ब ४७ करोडको कारोबार
फागुन ४, २०८१ आइतबार