मलेसियामाथि हङकङको फराकिलो जित
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार १५:६:१८
५ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत हङकङले मलेसियालाई पराजित गरेको छ । समूह ए अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १४१ रनको लक्ष्य पछाएको हङकङले १२.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि मलेसियाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । यो जितपछि हङकङ समूह ए मा ४ खेलमा ४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ र सेमिफाइनलको सम्भावनालाई बलियो बनाएको छ ।
अब नेपाल र साउदी अरेबियाबीचको जारी खेलमा साउदी अरेबिया पराजित भएमा हङकङ समूह उपविजेता हुँदै सेमिफाइनलमा जाने छ । साउदी अरेबियाले नेपाललाई पराजित गरेमा भने राम्रो रनरेटका आधारमा साउदी अरेबिया सेमिफाइनलमा पुग्ने छ । नेपाल भने यसअघि नै समूह विजेता हुँदै सेमिफाइनलमा पुगिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
मंसिर ११, २०८१ मंगलबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार