एनवाईएफ वीरगन्जलाई पर्साका पत्रकारले हराए
आबिद हुसेन
बैशाख ५, २०८१ बुधबार १६:२७:१२
५ वैशाख, वीरगन्ज । नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औं वार्षिक उत्सवको अवसरमा आयोजित टि -१० क्रिकेट लिग प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्साले एनवाईएफ वीरगन्जलाई हराएको छ ।
टि -१० क्रिकेट लिग प्रतियोगिता अन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपाल पत्रकार महासंघ पर्साले एनवाईएफ वीरगन्जलाई १६ रनले हराएको हो ।
वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा ७८ रनको लक्ष्य पाएको एनवाईएफ वीरगन्जले १० ओभरमा ९ विकेटको क्षतिमा ६१ रन मात्र बनाएपछि नेपाल पत्रकार महासंघ पर्साले जित निकालेको हो ।
यसअघि खेलमा पहिले ब्याटिङ गरेको नेपाल पत्रकार महासंघ पर्साले १० ओभरमा ५ विकेटको क्षतिमा ७७ रन बनाएको थियो । बुधबार बिहान नै भएको पहिलो खेलमा नेपाल मेडिकल एसोसिएसन पर्साले वीरगन्ज बैंकर्स ग्रुपलाई हराएको छ ।
खेलमा ७८ रनको लक्ष्य पाएको बैंकर्स ग्रुपले १० ओभरमा ८ विकेटको क्षतिमा ६७ रन मात्र बनाएपछि नेपाल मेडिकल एसोसिएसन पर्साले १० रनले जितेको हो ।
यो जित संगै नेपाल मेडिकल एसोसिएसन पर्साले फाइनलमा प्रवेश गरेको नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयका सहायक निर्देशक नरेश कुमार सरार्फले जानकारी दिए ।
प्रतियोगितामा आयोजक नेपाल राष्ट्र बैंक , नेपाल पत्रकार महासंघ पर्सा , वीरगन्ज बैंकर्स ग्रुप , नेपाल मेडिकल एसोसिएसन पर्सा ,वीरगन्ज महानगरपालिका कार्यालय र एनवाईएफ वीरगन्ज सहभागी भएका थिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार