गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति

नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार २०:४३:५७

५ वैशाख, काठमाडों । सामान्य तया अदालतमा विचाराधीन रहेको विषयमा कुनै काम अगाडी बढाउन कानुनसम्वत मानिदैन । अदालतको आदेश वा निर्णय आएपछि त्यही अनुसार विषयलाई अगाडी बढाउने परम्परा पनि छ । तर, गण्डकीमा नेकपा एमाले सर्वोच्च अदालतको आदेश विपरित विश्वासको मत लिने रणनीतिमा देखिएको छ ।
मुख्यमन्त्री खगराज अधिकारी यहि विषयलाई पार लगाउन सत्ता समीकरणका दलहरुसँग छलफलमा छन् । वैशाख ७ गतेका लागि प्रदेश सभाको आह्वान गरेर मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तयारी गरेका हुन् । सोहि प्रयोजनका लागि प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गरेका छन् ।
गत चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका अधिकारीको नियुक्ति विवादमा रहेको छ । बहुमतसहित मुख्यमन्त्रीमा दाबि गर्नेक्रममा सभामुखलाई समेत समावेश गरेको भन्दै उनको नियुक्ति अहिले विवादमा रहेको छ । उनको नियुक्तिको विषयमा सर्वोच्च अदालतले बैशाख १० गते पूर्ण सुनुवाई गर्ने भन्दै दीर्घकालमा असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चको अन्तिम फैसलापछि मात्र उनको सरकारको भविष्य तय हुने भएको छ । तर एमालेले मुख्यमन्त्री अधिकारीलाई सर्वोच्चको सुनुवाई अघि नै विश्वासको मत लिन लगाउने तयारीमा छ । यसको विरोध समेत शुरु भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश अधिवेशन आह्वान गर्नु गैर संवैधानिक भएको बताएका छन् ।
बुधवार एक विज्ञप्ति जारी गरी पाण्डेले संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै संसद् अधिवेशन आह्वान गर्नु असंवैधानिक भएको टिप्पणी गरेका छन् ।
उनले भनेका छ, ‘सम्मानित अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै संसद् अधिवेशन आह्वान गर्नु असंवैधानिक कार्य हो । यसप्रति गम्भीर सहमति जनाउँदै यसबाट प्रदेशसभामा द्वन्द्वको वातावरण सिर्जना हुने हुँदा यसको जिम्मेवार सम्बन्धित पक्षहरू हुने समेत स्पष्ट पार्दछौँ ।’
यसका साथै मुख्यमन्त्री अधिकारीले सर्वोच्चको आदेश विपरित प्रदेश योजना आयोगका उपाध्यक्ष श्रीकान्त शर्मा खतिवडालाई मंगलबार नियुक्त गरेका छन् । सर्वोच्च अदालतले बैशाख १० गतेनै फैसला दिनसक्ने अनुमान गर्दै उनले त्यसअघि विश्वासको मत लिएर सुनुवाई प्रभावित पार्न खोजेको विश्लेषण समेत गरिएको छ । कोशी प्रदेशमा एमालेकै रिटमा सर्वोच्चले दिएको आदेशको विपरित गण्डकीमा एमाले सर्वोच्चको आदेशको विपरित गइरहनुलाई राजनीतिक वृतमा आश्चर्यजनक रुपमा हेरिएको छ ।
एमालेको गण्डकीको पछिल्लो कदमले प्रदेश सरकारलाई थप बदनाम गराउनुका साथै प्रदेशको औचित्यमाथि प्रश्न गर्नेहरुलाई थप हौसला दिएको विश्लेषण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते
फागुन ३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार