पोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार १०:४५:१६
६ बैशाख, काठमाडौं । कास्कीको पोखरामा बिहीबार बिहान दुई सवारी साधन आपसमा ठोक्किँदा नेपाल भ्रमणमा रहेका ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । माइक्रोबस र जिप आपसमा ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका हुन् ।
बिहान करिब पौने पाँच बजे पोखराको होटल ग्रान्डबाट पोखराकै साराङकोट तर्फ जाँदै गरेको चिनियाँ नगरिक सवारी सवार बा १ च ८५१ नम्बरको हायस र बा १३ च ५१३७ नम्बरको स्कार्पियो आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय पोखराका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
दुर्घटनापछि स्कार्पियो चालक धादिङको नेत्रावती–१ बोराङ बस्ने ४३ वर्षीय राज कुमार अधिकारी र हायसका चालक पोखरा–९ पृथ्वीचोक बस्ने ४१ वर्षीय तुल बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । स्कार्पियोमा भने चालक मात्रै रहेकाले मानवीय क्षति भएको छैन ।
सोही दुर्घटनामा परेर सडक छेउमा पार्किङमा रोकिराखेको बा २१ प ११५२ नम्बरको स्कुटर र श्याम सुन्दर बरालको घरमा रहेको मनि चेन्जरको सटर र वालमा समेत क्षति पुगेको डीएसपी शर्माले बताए । दुबै सवारी साधनका चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा राखेर कारबाही प्रक्रिया अघि बढाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
पुष ८, २०८१ सोमबार
कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?
पुष ८, २०८१ सोमबार