बाँकेको एक हर्बल उद्योगमा लागेको आगो निभाउन ११ वटा दमकल
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार ११:९:१६
६ वैशाख, बाँके । बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ ।
उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । अहिले हर्बल प्रालिको परिसरमा लागेको आगो नियन्त्रणमा आएको छ । बाँकेका डीएसपी नारायण डाँगीले आगो करिब नियन्त्रणमा आइसकेको जानकारी दिए ।
उनका अनुसार आगो निभाउन ११ वटा दमकलको प्रयोग गरिएको थियो । आगलागीबाट क्षतिको एकीन विवरण आइनसकेको डीएसपी डाँगीले बताए । आगो निभाउन स्थानीय बासिन्दा र ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका थिए । हर्बल प्रालिको परिसरभित्र जडिबुटी राखिएको ठाउँमा बिहान ७ बजेतिर भीषण आगलागी भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
मोटरसाइकल तीनजना सवार हुँदा...
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार