हत्याको आशंकामा युवतीको जलाइरहेको शव बरामद
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार ११:२०:५३
६ वैशाख, जनकपुरधाम । प्रहरीले आयो लगाइएको अवस्थामा एक महिलाको शव बरामद गरेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बरामग गरेको हो । उनको हत्या गरेर शव जलाएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
पोस्टमार्टम रिपोर्ट र थप अनुसान्धानपश्चात् मात्रै भन्न सकिने डीएसपी अवाले बताए । शव महोत्तरीको मनरासिसा नगरपालिका–२ कि २३ वर्षीया प्रियंका महतोको रहेको डीएसपी अवाले बताए । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
बुधबार राति शव जलिरहेको देखेपछि प्रहरीले शव नियन्त्रणमा लिएको हो । महिला जलेको ठाउँमा पेट्रोलको बोतल पनि फेला परेको छ । प्रहरीले उनी आफैँले पेट्रोल छर्केर आत्मदाह गरेको हो वा अन्य कसैले जलाएर भागेको हो भन्नेबारे अनुसन्धान सुरु गरेको एसपी तिवारीले बताए ।
महिलासँगै नौ महिनाको बालकको पनि जलेल मृत्यु भएको छ । प्रियंका महोत्तरीबाट रामनवमीमा जनकपुरको राममन्दिर दर्शनका लागि जान्छु भनेर हिँडेको खुलेको प्रहरीले जनाएको छ । घरमा श्रीमानसँग उनको झगडा भएको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार
कर्णाली याक्सले जनकपुरलाई दियो ११९ रनको लक्ष्य
पुष ४, २०८१ बिहिबार
सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार