प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार १३:४८:३८
६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले प्रदेशका प्रमुखहरूले संविधान मिचेर असंवैधानिक काम गरिरहेको निष्कर्ष निकालेको छ । बुढानिलकण्ठ निवासमा कांग्रेसका नेताहरुलाई बोलाएर सभापति शेरबहादुर देउवाले प्रदेश प्रमुखहरूले संविधानको बर्खिलाप काम गरिरहेको भन्दै संविधानको रक्षाका लागि कांग्रेस चुप बस्न नमिल्ने बताएका छन् ।
नेकपा एकीकृत समाजावदीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटबारे जानकारी दिन देउवाले नेताहरुलाई बुढानिलकण्ठमा बोलाएका थिए । प्रदेश असंवैधानिक ढंगबाट अगाडि बढेकाले त्यसका विरुद्ध नेताहरु लाग्नुपर्ने देउवाको भनाइ छ । सत्ता गठबन्धनमा असन्तुष्टि नेपालसँगको भेटपछि देउवाले पार्टीका शीर्ष नेताहरूलाई निवासमै बोलाएर छलफल गरेका हुन् ।
नेता प्रकाशशरण महतका अनुसार बैठकमा प्रदेश सरकार गठनको विषयमा प्रदेश प्रमुखहरूबाट भएका असंवैधानिक कदमबारे छलफल भएको थियो । प्रदेश सरकार गठनको विषयमा संविधानको बर्खिलाप काम भइरहेका छन्, सुदूरपश्चिम र गण्डकीमा पनि त्यस्तै काम भइरहेका छन् । त्यसैले संविधान विपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने भएकाले त्यही अनुसार प्रस्तुत हुन सम्बन्धित प्रदेशका नेताहरुलाई निर्देशन दिनुपर्छ देउवाले भनेका थिए ।
माधव नेपालले सभापति देउवासँग भेट गरेपछि सत्ता समीकरण र बाहिरी राजनीतिमा पनि विभिन्न चर्चाहरु सुरु भएका छन् । कांग्रेसले एमालेले साथ नदिएपनि सुदुरपश्चिममा मुख्यमन्त्रीका लागि सहयोग गर्ने बचन पनि दिएको छ । सभापति देउवाले कांग्रेसका नेताहरूलाई प्रदेशका प्रमुखले संविधान विपरीत काम गरिरहेका विषयमा कडा रुपमा प्रस्तुत हुन र प्रदेशका नेताहरूलाई पनि परिचालन गर्न निर्देशन दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार