हिंसा भड्कन सक्ने भन्दै मोरङ प्रशासनले लगायो सामुहिक रुपमा हुने गतिविधिमा रोक
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार १४:१७:१०
६ वैशाख, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले सामूहिक रुपमा हुने कुनै पनि गतिविधिमा रोक लगाएको छ । अर्को सूचना जारी नभएसम्म जिल्लामा सभा, सम्मेलन गर्न रोक लगाइएको छ । विराटनगर १५ र १७ नम्बर वडामा दुई समूहबीच झडप भएपछि प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै भेला, सम्मेलन र धार्मिक गतिविधिमा रोक लगाएको हो ।
बुधबार राम नवमीका अवसरमा सहभागी दुई समूहबीच विवाद भएको थियो । विवाद चर्किँदै गएपछि झडपको स्थिति सृजना भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो । थप झप र हिंसाको सम्भावनालाई रोक्न प्रशासनले कुनै पनि सामूहिक गतिविधिमा रोक लगाएको हो ।
जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङसँग समन्वय नगरी राजनीतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधिलगायत सबै प्रकारको भेला, प्रदर्शन कार्यक्रम नगर्न/नगराउन,’ सूचनामा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
वातावरण बिगार्ने असंवेदनशील कार्यको लागि भाजपा जिम्मेवार छ : राहुल गान्धी
मंसिर १०, २०८१ सोमबार
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते
मंसिर १०, २०८१ सोमबार
फुङफुङे झरनामा रमाउँदै पर्यटक
मंसिर १०, २०८१ सोमबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
मंसिर १०, २०८१ सोमबार