कांग्रेसले सघाउने भनेपछि हच्किएर एमालेले सोडारीलाई दियो समर्थन, मुख्यमन्त्रीमा दाबी पेश
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार १६:२९:२२
६ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । नेकपा एमालेले समर्थन जनाएपछि सोडारीले दाबी पेस गरेका हुन् । सोडारीलाई एमाले, माओवादी, नागरिक उन्मुक्ति (रञ्जिता समूह) र स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।
आफूले समर्थन नगर्दा कांग्रेसको सहयोग लिएर सोडारी नै मुख्यमन्त्री हुने भएपछि एमाले हच्किएको हो । उसले अन्तिममा आएर सोडारीलाई समर्थन गरेको पत्र दिएको थियो । त्यसपछि उनले एमालेसहितको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भए पनि एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने अडान लिएको थियो ।
पहिलो पटकको आह्वानमा नागरिक उन्मुक्तिकै दुई जना सांसदको दाबी पेस भएपछि प्रदेश प्रमुखले लक्ष्मण किशोर चौधरी र कैलाश चौधरी दुवै जनालाई अस्वीकार गर्दै मंगलबार पुनः दाबी पेस गर्न आह्वान गरेका थिए ।
एमालेले आफ्नो अडान कायम राखेमा एकीकृत समाजवादीले कांग्रेससँग मिलेर भए पनि दाबी पेस गर्ने तयारी गरेपछि उ समर्थन दिन तयार भएको हो । यसअघि लागि कांग्रेस पनि एकीकृत समाजवादीलाई समर्थन गर्न तयार भएको थियो । एकीकृत समाजवादीले कांग्रेस, राप्रपासँग सहकार्य गरेर नागरिक उन्मुक्तिका रेशम पक्षधर सांसद लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि केन्द्रीय सत्ता गठबन्धनमै तरंग पैदा भएको थियो ।
एकीकृत समाजवादीको कदमले केन्द्रीय सत्ता गठबन्धनमै असर पर्ने देखिएपछि गठबन्धनका शीर्ष नेताहरु सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीमा समर्थन गर्न तयार भएका थिए । उक्त समझदारीपछि मंगलबार एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि समकिरणमा तनाव उत्पन्न भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
आजको मौसम: हिमाली भू–भागमा हिमपात, पहाडी तथा तराई क्षेत्रमा हल्का वर्ष र कुहिरो
पुष १०, २०८१ बुधबार
आज ‘क्रिसमस डे’ मनाइँदै
पुष १०, २०८१ बुधबार
आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार