काठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार १६:४८:२६
६ वैशाख, काठमाडौं । महानगरपालिकाले विश्व सम्पदा दिवस २०२४ का अवसरमा आज वृहत् योग तथा सम्पदायात्रा कार्यक्रम सम्पन्न गरेको छ । विश्व सम्पदा दिवस २०२४ का अवसरमा आज आयोजना गरिएको कार्यक्रममा विगतमा विपत्तिले सम्पदा क्षेत्रमा पारेको क्षतिबाट संरक्षणको पाठ सिक्नुपर्नेमा जाड दिइएको छ । महानगरका जनप्रतिनिधि, कर्मचारी, संस्कृतिकर्मी तथा स्थानीयले सम्पदाको संरक्षण गर्नका लागि ‘विगतका घटनालाई बिर्सन नहुने’ साझा मत व्यक्त गरे ।
सम्पदा तथा पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानका अनुसार सो अवसरमा वडा नं १५को आयोजनामा स्वयम्भू भुइँखेलमा बृहत् योग र स्वयम्भूबाट वसन्तपुरसम्मको सम्पदा पदयात्रा गरिएको थियो । बिहान ४ः३० बजे भेला भएर ६ बजेसम्म सामूहिक योग गरिएको थियो भने त्यसपछि सम्पदा पदयात्रा सुरु भएको उनको भनाइ छ ।
भुइँखेलबाट सुरु भएको पदयात्रा चारा हिटी, धिमे ल्वहं, निपु हिटी ९भीमसेन मन्दिर०, डल्लु चौतारा, भेलु महादेव, रञ्जित मल्ल सतः घाट, तप्यँताँ, म्येछ्योँ हिटी, बुराङ्खेल, सामुदायिक (लोकेश्वर) गल्ली, आयुर्वेदिक अस्पताल, नरदेवी द्यःछेँ, पाछै गल्ली, सुन्ता गल्ली, दमाइ टोल, चस्वांद्वँ, साः (तेल मिल), बन्जाः हिटी, मिच्याः गल्ली, मरुबहि, सन्तानेश्वर महादेव, मरु हिटी हुँदै मरु गणेश पुगेर समापन भएको थियो । स्वस्थ्य जीवनका लागि योग र सम्पदाको पहिचान प्रवर्द्धनका लागि पदयात्रा गरिएको वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले जानकारी दिए ।
प्रत्येक मानिससँग सम्बन्ध राख्ने संस्कृतिलाई साझा रूपमा मनाउन हरेक वर्ष अङ्ग्रेजी महिनाको अप्रिल १८ तारिखमा यो दिवस मनाउने गरिन्छ । प्राकृतिक तथा मानव सिर्जित सम्पदाको महत्वलाई प्रवर्द्धन गर्नु, पुस्तान्तरण गर्नु तथा संरक्षणका उपाय र सिकाइ आदानप्रदान गर्नु दिवस मनाउनुको मुख्य उद्देश्य हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद सकिएपछि रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार