छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार २०:१५:५४
६ वैशाख, राजविराज । कृषिलाई आधुनिकीकरण गरि उत्पादन बढाउने उदेश्यले छिन्नमस्ता गाउँपालिकाले पालिका भित्र डिजिटिल सोइल म्यापिङ्ग 'कम्प्युटरमा आधारित माटो नक्सांकन' कार्यक्रम गर्न लागेको छ ।
छिन्नमस्ता गाउँपालिकाले माटो प्रयोगशाला राजविराजको सहकार्यमा उक्त कार्यक्रम पालिकाको सातवटै वडामा आयोजना गर्न लागेको पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । पहिलो चरणमा पालिकाको ७ वटै वडामा रहेको कुल कृषि योग्य जग्गाको नक्सांकन गरिने अध्यक्ष चौधरीले बताए ।
’म्यापिङ्ग गरे पश्चात जग्गाहरूको फोसफोरस, पोटास, नाइट्रोजन, ओरगेनिङ्ग मेटर, टेक्सटल, जमिनहरुको किसिम लगायतको विषयबस्तुको डाटा पाउँछौँ,’ अध्यक्ष चौधरीले भने, ’कुन जग्गाको अवस्था के छ, कुन जग्गामा मल खाद्यको लागि के रणनिती बनाउनुपर्छ थाहा हुन्छ।’
उनले यो कार्यले संतुलित मलखाद्यको प्रयोग हुने र कृषि उत्पादन बढाउन तथा विषादीरहित उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार