इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार २१:३:४९
६ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको सीटमा भेटिएको एक किलो सुन बरामद भएपनि यो कसले ल्याएको हो भन्ने खुलेको छैन् । दिल्लीबाट बुधबार आएको इन्डिगो एयरलाइन्सको सिटमा १ किलो ७० ग्राम सुन बरामद भएको विमानस्थलका एसएसपी कृष्णहरि शर्मा पोखरेलले बताए । तर, यो ल्याउने व्यक्ति को थियो भन्ने खुलेको छैन् ।
विमान अवतरण हुने बित्तिकै प्रहरीले नियमित जाँच गर्ने क्रममा उक्त परिमाणको सुन भेटिएको हो । प्रहरीले खोजतलास गरेपछि सुन लिएर आएका व्यक्ति डराएर छाडेर भागेको हुनसक्ने आशंका गरिएको छ । फ्लाइट नम्बर ६ ई ११५१ नम्बरको इन्डिगो एयरलाइन्सको सिट नम्बर २७ चार्लीको पछाडि र २८ चार्लीको अगाडिको सिट पाकेटको तल बेवारिसे अवस्थामा रहेका झोलाबाट उक्त सुन बरामद भएको हो ।
कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सुन बरामद भएको एसएसपी पोखरेलले बताए । जसमा ३ थान सिक्री, ६ थान बिस्कुट, त्रिभूज आकारको सुनको टुक्रा २ थान र सिक्री जोड्ने साना रिङ गरी १ किलो ७० ग्राम बराबरको सुन बरामद भएको हो ।
विमानस्थल हुँदै पटक पटक सुन तस्करी हुँदै आएको छ । अरु समयमा प्रहरीले व्यक्तिसहित सुन बरामद गर्दै आएको थियो भने यो सुन वेवारिसे अवस्थामा भेटिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा साढे चार खर्बभन्दा बढीको व्यापार घाटा
मंसिर ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार