विश्वासको मत नपुग्ने भएपछि गण्डकीका मुख्यमन्त्रीलाई सुरुमै संकट, औचित्यहीन बन्यो विशेष अधिवेशन
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार ९:५६:२
७ वैशाख, काठमाडौं । सभामुखको मत जोडेर मुख्यमन्त्रीका लागि दावी पेश गर्ने मत पुर्याएका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी संकटमा परेका छन् । सर्वोच्च अदालतको आदेश विपरीत आज शुक्रबार विश्वासको मत दिने भन्दै विश्वासको मत लिने भन्दै विशेष अधिवेशन बोलाएका थिए । तर, उनलाई आवश्य मत प्राप्त नहुने भएको छ ।
सर्वोच्चको आदेश नमानेको भन्दै विपक्षी कांग्रेस र राप्रपाले अधिवेशन वहिस्कार गर्ने भनेका छन् । आज बोलाइएको अधिवेशन औचित्यहीन हुन देखिएको छ । उनलाई संसदबाट आफ्नो पक्षमा बहुमत नपुग्ने देखिएको छ । प्रदेश सभाको विशेष अधिवेशन आज दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।
संसद सचिवालयका अनुसार केही विधेयक छलफलका लागि तयार छ । अन्य बिजनेस भने संसदमा छैन । संसद सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार अहिलेसम्म विश्वासको मत लिनेबारे जानकारी संसद सचिवालयमा छैन । उनले १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर कार्यसूची तय गर्ने जानकारी दिएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा आज दिउँसो ३ बजेदेखि प्रदेश सभा भवन नदीपुरमा बस्ने गरी प्रदेश प्रमुख डिलाराज भट्टले विशेष अधिवेशन डाकेका हुन् ।
सर्वोच्च अदालतले दीर्घकालीन निर्णय गर्न रोक लगाए पनि संसद बैठक डोकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाले भने बैठक बहिष्कार गर्ने भएको छ । आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री अधिकारी लागेका थिए । सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेको र सोही दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली कांग्रेस २७ चैतमा सर्वोच्च पुगेको थियो ।
सोही रिटउपर सर्वोच्च अदालतले सर्वोच्चले २८ चैतमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको थियो । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा दायर गरेको रिटमा १० वैशाखमा पेशी तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार