सलमानको घर ग्यालेक्सी अपार्टमेन्ट गोली काण्डपछि बढाइयो शाहरूखको सुरक्षा
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार ११:५७:५३
७ वैशाख, काठमाडौं । सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली हानाहान भएपछि शाहरुख खानको सुरक्षा बढाइएको छ ।
कुनै अप्रिय घटना नहोस् भनेर यस्तो गरिएको हो । शाहरुख चार दिन देखी कोलकातामा थिए । जहाँ आईपीएलको खेल चलिरहेको छ । शाहरुख आफ्नो टिमलाई सपोर्ट गर्न त्यहाँ पुगेका थिए । उनी हिजो राति मात्रै मुम्बई फर्किएका थिए ।
शाहरुख खानको फ्यान क्लबले उनीसँग सम्बन्धित केही भिडियो शेयर गरेको छ । जसमा शाहरुख सुरक्षा घेरामा परेका छन् । यस सुरक्षामा गार्ड, प्रहरी र विमानस्थल सुरक्षाकर्मी देखिन्छन् । जसका कारण कुनै फोटोग्राफर पनि शाहरुखको नजिक जान सक्दैनन् । विमानस्थलमा पुगे पछि उनलाई सुरक्षा गार्डले घेरेको भिडियोमा देखिन्छ ।
शाहरुख खानको यो सुरक्षाको कारण सलमानको घर बाहिर गोली चलाएको घटनालाई प्रमुख कारणको रूपमा बताइएको छ । टाइम्सको रिपोर्टका अनुसार पुलिस र प्रशासन सलमानको घरमा भएको जस्तो दुर्घटना अब कुनै पनि सेलिब्रेटी कसैसँग होस् भन्ने चाहँदैनन्। त्यसैले शाहरुख खानको सुरक्षा बढाइएको छ । सलमान र शाहरुख उद्योगका ठूला नाम हुन् । यस्तो अवस्थामा कुनै पनि प्रकारको लापरवाहीले ठूलो परिणाम निम्त्याउन सक्छ।
१४ अप्रिल बिहान करिब ५ बजे सलमानको घरमा दुई जनाले गोली चलाएका थिए । लरेन्स बिश्नोईका भाइ अनमोल बिश्नोईले फेसबुक पोस्टमार्फत यस हमलाको जिम्मेवारी लिएको दाबी गरिएको छ । तर, उक्त सामाजिक सञ्जालको खाता अनमोल बिश्नोईको हो वा होइन भन्ने पुष्टि अझै कसैले गरेको छैन । प्रहरीले गोली प्रहारमा संलग्न दुवै अभियुक्तलाई अप्रिल १६ मा पक्राउ गरेको थियो । यस सम्बन्धमा थप कारबाही भइरहेको छ ।
‘सलमानले कुनै चिन्ता नगरी आफ्नो काम गर्न सक्ने प्रहरीले आश्वासन दिएको छ । किनभने प्रहरीले आफ्नो काम गरिरहेको छ । यस विषयमा धेरै कुरा गर्न केही छैन।
घटना पछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले पनि सलमान खानसँग कुरा गरेका थिए । उनले मुम्बईका प्रहरी आयुक्तलाई सलमान र उनको परिवारको सुरक्षा बढाउन पनि आग्रह गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार