योगेशले बुढानिलकण्ड पुगेर देउवालाई दिए निम्तो
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार १३:२७:२५
७ वैशाख, काठमाडौं । नेकपा एमालेले आफ्नो राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा अतिथिका रूपमा सहभागी हुन् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई निमन्त्रणा दिएको छ । एमालेका सचिव योगेश भट्टराईले देउवाको बुढानीलकण्ठस्थित निवासमै पुगेर पार्टीको तर्फबाट निमन्त्रणा दिएका हुन् ।
एमालेको प्रतिनिधि परिषद् बैठक गोदावरीस्थित सनराइज हलमा शनिबारबाट शुरु हुँदैछ । एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचित महाधिवेशन प्रतिनिधिहरू भेलामा सहभागी हुँदैछन् । सो अवसरमा सचिव भट्टराईसँगै बुढानीलकण्ठका नगर प्रमुख मिठाराम अधिकारी, एमालेका काठमाडौँ जिल्ला अध्यक्ष दिपक निरौला, एमाले बुढानीलकण्ठ नगर अध्यक्ष प्रदिप डंगोल र वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ समेत उपस्थित थिए ।
एमालेका अनुसार परिषद् बैठकमा एमालेका २५ सय प्रतिनीदहरू सहभागी हुनेछन् । उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनसहित अन्य नेताले फरक फरक प्रतिवेदन पेस गर्दैछन् । बैठकमा खासगरी एमालेको नीति र नेतृत्वबारे छलफल हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रभाषामा महाधिवेशनको प्रचार प्रसार गर्दै जसपा
बैशाख २०, २०८१ बिहिबार
रायबरेली र अमेठीमा कांग्रेसले कसलाई टिकट दिन्छ ?
बैशाख २०, २०८१ बिहिबार
मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री भेट्न सिंहदरवार पुगे अध्यक्ष ओली
बैशाख २०, २०८१ बिहिबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
यार्सागुम्बा संकलन लागि जेठ १५ गतेदेखि प्रवेश खुला हुने
बैशाख २०, २०८१ बिहिबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
वित्तीय कारोबारमा कसूर देखिएको भन्दै चार बाणिज्य बैंकमाथि राष्ट्र बैंकले गर्यो कारबाही
बैशाख २०, २०८१ बिहिबार
कप्तान रोहितको वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक
बैशाख २०, २०८१ बिहिबार
मैथली फिल्म ‘लेबर’ घोषणा
बैशाख २०, २०८१ बिहिबार