सर्वोच्चको फैसला नआएसम्म कांग्रेस गण्डकी प्रदेशसभा बैठकमा सहभागि नहुने
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार १४:५३:९
७ वैशाख, पोखरा । नेपाली कांग्रेसले सर्वाेच्च अदालतको फैसला नआएसम्म गण्डकीमा संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले खगराज अधिकारी नेतृत्वको सरकारको वैधानिकताको विषयलाई लिएर कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा फैसला नआएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।
सर्वोच्चले यसअघि अधिकारी नेतृत्वको सरकारलाई दिर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएर यस मुद्धाको पूर्ण सुनुवाई बैशाख १० गते गर्ने आदेश दिएको थियो । गण्डकी प्रदेश सभाको बैठक आज ३ बजे बस्ने गरी प्रदेश प्रमुख डिल्लीराज भट्टले आह्वान गरेका छन् । कांग्रेसले प्रदेश सभा बैठक बारे सभामुखलाई समेत ध्यानाकर्षण पत्र बुझाएको छ ।
सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइ गर्दै दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । तर त्यसलाई बेवास्ता गर्दै मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि प्रदेश प्रमुखले प्रदेशसभा आह्वान गरिएको भन्दै कांग्रेसले बैठक बहिस्कार गर्ने बताएको हो । सभामुख धितालले भने बैठकमा सहभागी भएर आफ्ना विषय राख्नु उपयुक्त हुने भन्दै बैठक बहिस्कार नगर्न कांग्रेस सांसदहरुलाई सुझाव दिएका छन् ।
कांग्रेसको विज्ञप्ति
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान
बैशाख २०, २०८१ बिहिबार
राष्ट्रभाषामा महाधिवेशनको प्रचार प्रसार गर्दै जसपा
बैशाख २०, २०८१ बिहिबार
रायबरेली र अमेठीमा कांग्रेसले कसलाई टिकट दिन्छ ?
बैशाख २०, २०८१ बिहिबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार
राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान
बैशाख २०, २०८१ बिहिबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार
अप्रिलमा नेपाल भित्रिने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
बैशाख २०, २०८१ बिहिबार
देशभर वन डढेलोको अवस्था विकराल बन्दै
बैशाख २०, २०८१ बिहिबार