सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार १५:७:११
७ वैशाख, काठमाडौं । रुपन्देही जिल्ला अदालतले रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतमा तीन दिन भएको बयान र थुनछेक बहसपछि यस्तो आदेश भएको हो । अदालतले ६ जनासँग धरौटी माग गरेको छ । पुससँग ४ लाख धरौटी माग गरेको छ । यस्तै नविन अछामीसँग १० लाख, दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग पनि २ लाख धरौटी माग गरेको छ । उक्त धरौटी रकम बुझाएपछि उनीहरु रिहा हुनेछन् ।
यस्तै ओम प्रकाश गुरुङलाई भने थुनामा पठाउन अदालतले आदेश दिएको छ । यस्तै कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश हुँदा जीबीराईसहितका अन्य प्रतिवादीहरुविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार