कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, पद नछाड्ने कार्कीको अडान कायमै
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार १५:४७:२६
विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभामा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव पेस गरेको संकल्प प्रस्ताव ध्वनि मतले पारित भएको हो ।
संकल्प प्रस्तावमा चैत्र २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस् भन्ने उल्लेख छ । बहुमत सांसदले समर्थन फिर्ता लिएकोले नियमित कार्यबाहेक दीर्घकालीन महत्त्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेशसभाको बैठकबाट निर्देशन गरियोस् भन्ने सो प्रस्तावमा उल्लेख छ ।
संकल्प प्रस्ताव पारित भएपछि नेकपा एमालेका सांसदले संकल्प प्रस्तावको पक्ष विपक्षमा मत विभाजन गर्न माग गरेपछि सभामुखले मत गणना गर्न निर्देशन दिएका थिए । संकल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेका थिए । सभामुखले प्रस्तावको पक्ष विपक्षमा रहेका मत गणना गर्ने प्रक्रियामा कांग्रेसका सांसदले भाग लिएका थिएनन् । त्यस्तै मत दिन्न भन्ने पक्षमा भने तीन सांसद रहेका थिए ।
मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन बाध्य पार्न एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव ल्याएका हुन् । अर्कोतर्फ मुख्यमन्त्री कार्कीले प्रदेश सभाको बैठकमा संकल्प प्रस्ताव संबिधान विपरित आएको भन्दै आफु संबिधानको धारा भन्दा बाहिर नजाने बताएका थिए । उनले संकल्प प्रस्ताव पारित भए पनि नभए पनि आफुले राजीनामा नलिने र विश्वासको मत पनि नलिने बताउदै आएका छन् ।
यता, कोशीका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्तावकै आधारमा आफूले पद नछोड्ने अडान राखेका छन् । शुक्रबार एमाले र माओवादी केन्द्रले मुख्यमन्त्रीलाई विश्वासको मत लिन निर्देशन दिन माग गर्दै पेश गरेको संकल्प प्रस्तावमाथि जवाफ दिँदै उनले संकल्प प्रस्ताव पारित भए पनि पद नछोड्ने बताएका हुन् ।
उनले आफू संविधानको धारा अनुसार चल्ने भन्दै आफूलाई पदमुक्त गर्न संकल्प प्रस्तावको बाटो नलिन विपक्षी दलहरुलाई आग्रह गरे । मुख्यमन्त्री कार्कीले आफूलाई पदमुक्त गर्न संकल्प प्रस्तावको बाटो लिनु गलत भएको भन्दै त्यसलाई पोखरीको पानी भनी टिप्पणी गरेका हुन् ।
‘म संविधान मान्ने व्यक्ति हुँ । संविधान मानेर नै मुख्यमन्त्री भएको हुँ । संविधानको धारा भन्दा बाहिर पोखरीतिर जान्न । म संविधानको धारामै बसेर नुहाउछु, संविधानको धारा नै पवित्र छ । संविधानको धाराको पानीले भएन भनेर आहाल बसेको पोखरीको पानी ल्याएर हामी संसदलाई अपवित्र नबनाऔं, संसदमा किटाणु नछरौं’, उनले भने ।
उनले बरु आफ्नो सरकारमा प्रदेशसभामा रहेका सबै दललाई समावेश गरेर सर्वदलीय सरकार बनाउन आग्रह गरे । यसअघि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री भएका बेला पनि सर्वदलीय सरकार बनाउन आह्वान गरेको भन्दै उनले अहिले आफू नेतृत्वको सरकारलाई सर्वदलीय बनाउन आग्रह गरे । ‘सर्वसम्मतिको सर्वदलीय सरकार बनाऔं, अनिश्चिततामा प्रदेशलाई नधकेलौं’, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण, एक पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता
कात्तिक १, २०८१ बिहिबार
लुम्बिनी प्रदेश सरकारद्वारा कर्मचारीलाई १४ बुँदे निर्देशन जारी
असोज ६, २०८१ आइतबार
प्रदेश निजामती सेवा ऐन संधोधन विधेयक सर्वसम्मतले पारित
भदौ १९, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार