प्रतिपक्षी दल नआएपछि गण्डकीको विशेष अधिवेशन अर्को सूचना नभएसम्म स्थगित
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार १६:४५:१७
७ वैशाख, पोखरा । गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेर स्थगित भएको छ । शुक्रबार बसेको प्रदेश अधिवेसनको पहिलो बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले बहिष्कार गरेका थिए । कांग्रेसले सरकार गठनको विषयमा सर्वोच्च अदालतले फैसला सुनाउने क्रममा रहेकोले सो फैसला नआएसम्म प्रदेश सभा बहिष्कार गर्ने निर्णय गर्दै आजको बैठक बहिष्कार गरेको थियो ।
प्रतिपक्षी दलले बहिष्कार गरेपछि सभामुखले प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका थिए । प्रतिपक्षी बेन्च खाली भएपछि गण्डकी प्रदेश सभा बैठक बाध्य भएर स्थगित गरिएको हो । सभामुख कृष्णप्रसाद धितालले प्रतिपक्षी दलका सांसदलाई बैठकमा सहभागी हुन आह्वान गरे पनि उपस्थित भएनन् ।
गण्डकीका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी सरकार गठन र प्रदेश सभा बैठक आह्वान असंवैधानिक दाबी गर्दै शुक्रबार नै सभामुख धिताललाई विरोध पत्र बुझाएका थिए । प्रतिपक्षी दलद्धय कांग्रेस र राप्रपा सांसद उपस्थित नभएपछि प्रतिपक्षी बेन्च खाली भएको थियो ।
संसद बैठकमा सभामुख धितालले प्रदेश प्रमुख डिल्लीराज भट्टले संसद बैठक आह्वानको सूचना पढेर सुनाए । बैठकमा बिना विभागीय मन्त्री हरिबहादुर चुमानले जीवनाशक विषादी व्यवस्थापन सम्बन्ध व्यवस्थापन गर्न बनेको विधेयक संसदमा पेश गर्ने कार्यसूची थियो । प्रतिपक्षीको उपस्थिति नभएकाले विधेयक पेश गर्ने कार्यसूची अघि नबढाई सभामुख धितालले अर्को सूचना नआउँदा सम्मका लागि संसद स्थगित गरे ।
प्रतिपक्षी दलको उपस्थिति बिनै संसद चलाएर विधेयकसमेत पेश गर्नु अलोकतान्त्रिक र असंवैधानिक हुने कांग्रेस गण्डकीका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए । सर्वोच्च अदालतले दीर्घकालीन निर्णय नगर्न भनेका बेला सत्ता पक्षले सभामुख र प्रदेश प्रमुखलाई समेत दलीयकरण गरेर बलमिचाइँ गरेको उनले आरोप लगाए ।
गण्डकी सरकारको मंगलबार बसेको बैठकले शुक्रबारका लागि संसद बैठक आह्वान गर्न प्रदेश प्रमुख भट्टलाई सिफारिस गरेको थियो । सरकारको सिफारिस अनुसार भट्टले शुक्रबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका थिए । तर, प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसद बैठकमा उपस्थित भएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
अप्रिलमा नेपाल भित्रिने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
बैशाख २०, २०८१ बिहिबार
देशभर वन डढेलोको अवस्था विकराल बन्दै
बैशाख २०, २०८१ बिहिबार
सेतीमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव फेला
बैशाख २०, २०८१ बिहिबार
कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
राष्ट्र बैंकको कारबाहीमा परे लुम्बिनी विकास र एक्सल डेभलपमेन्ट बैंक
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार