वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार १७:१२:२१
७ वैशाख, वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा भन्सार राजस्व छलेर ल्याएका कपडा बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–६ स्थित तुल्स्यान मार्केट (पमपम बिल्डिङ) मा रहेको दुईवटा गोदामबाट एक करोड २० लाख रुपैयाँ मूल्य बराबरको पाइन्ट र सर्टका कपडा बरामद गरेको हो ।
प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका– ६ निवासी ४४ वर्षीय रामएकबाल कुशवाहाको गोदामबाट करिब ४० लाख रुपैयाँ र वीरगन्ज–१६ निवासी २४ वर्षीय आकाशकुमार गुप्ताको गोदामबाट करिब ८० लाख रुपैयाँ बराबरको सर्टिङ सुर्टिङ तथा पाइन्ट र सर्टको कपडा बरामद भएको हो । बरामद गरिएका कपडा थप कारबाहीका लागि शुक्रबार वीरगन्ज भन्सार कार्यालयमा पठाइएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले भण्डारण गरेको अवस्थामा विभिन्न किसिमका कपडा बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार बिहीबार करिब ३ बजेको समयमा प्रहरीले तुल्स्यान मार्केटमा कोठा भाडामा लिइ भारतबाट अवैध रुपले भन्सार राजस्व छली तस्करी मार्फत विभिन्न कपडा ल्याइ भण्डारण गरेको सूचनाको आधारमा छापामारेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार