धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार १७:४८:२०
७ वैशाख, काठमाडौं । तोकिएको धरौटी समयमा बुझाउन नसकेपछि दीपेश पुनलाई फेरी जेल पठाइएको छ । धरौटी जम्मा नभएपछि सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन जेल चलान भएका हुन् ।
जिल्ला अदालत रुपन्देहीमा भएको थुनछेक बहसपछि पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर पुनले आज शुक्रवार ४ लाख धरौटी रकम जम्मा गर्न सकेनन् । उनी भैरहवास्थित जिल्ला कारागार चलान भए ।
उक्त मुद्दामा प्रतिवादी बनाएका २८ जनामध्ये फरार २० जनालाई प्रतिवादी म्याद जारी गरिएको छ । आदेशअनुसार रोशनी गुरुङ र निता थापालाई जनही २ लाख धरौटी, दुर्गा चापागाईँ पाण्डेलाई १८ लाख धरौटी, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार धरौटी, दीपेश पुनलाई ४ लाख धरौटी, नवीन अछामीलाई १० लाख धरौटी तोकिएको छ ।
सहकारीका पीडितहरूले करिब १ अर्ब बचत अपचलन गरिएको भन्दै सुप्रिम सहकारी पीडित संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार