आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
नेपालबहस संवाददाता
बैशाख ८, २०८१ शनिबार ७:०:५४
८ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ ।
आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुँदै छ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा अहिलेसम्म दिल्ली क्यापिटल्सले ७ खेलमा ३ जित र ४ हार बेहोरेको छ र ६ अङ्कसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै सनराइजर्स हैदरावादले ६ खेलमा चार जित र २ हारसहित ८ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।
दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा पुनरागमन गर्दै छन् । आइपिएलको प्रदर्शनले उनलाई राष्ट्रिय टिमको बाटोमा लैजाने छ । दिल्लीमा कप्तान ऋषवका अलावा कुलदीप यादव, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ ।
त्यस्तै डेविड वार्नर, मिचेल मार्श जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ । दिल्ली क्यापिटल्सको आइपिएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौं स्थानमा रहेको थियो ।
त्यस्तै सनराइजर्स हैदरावाद अस्ट्रेलियाका कप्तान पाट कमिन्सको नेतृत्वमा आइपिएल खेल्दै छ । सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ । सनराइजर्स उमरान मलिक, राहुल त्रिपाठी, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार र अभिषेक शर्मा जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नुपर्ने देखिन्छ भने कप्तान कमिन्स, वानिन्दु हसरंगा, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता खेलाडी महत्वपूर्ण हुने देखिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
मंसिर ११, २०८१ मंगलबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार