हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
नेपालबहस संवाददाता
बैशाख ८, २०८१ शनिबार १०:२:०
७ वैशाख, रौतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफुहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्यो भने देशमा फेरी अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन् ।
आफु देशका ठूला हस्ती राजा विरेन्द्र देखी ज्ञानेन्द्र, गणेशमान देखी कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखी प्रचण्ड सम्मलाई सामना गरेर आएको नेता भएकोले आफु र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी दिएका हुन ।
गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदिमा नवनिर्मित मधेश प्रदेश कै सबभन्दा दोश्रो लामो झोलुङ्गे पुलको शुक्रवार उद्घाटन गर्दै अध्यक्ष माधव नेपालले यस्तो बताएका हुन् । झोलुङ्गे पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री नेपालले आफुहरुको आफनै स्वाभिमान, पहिचान, मुल्यमान्याता र महत्व रहेकोले हल्कामा नलिन सुझाव दिए ।
वर्तमान चार दलिय सत्ता गठबन्धनलाई लक्षित गर्दै उनले भने, ‘हामी कसैको दास होइनौ र कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौ, त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्यो भने उसलाई ठुलो मूल्य चुकाउनुपर्छ ।’ नेता नेपालले अघि थपे, ‘हाम्रो आफनै स्वाभिमान र महत्व छ, त्यसैले यो कुरा बुझयो भने ठिक छ नत्र सबै उलटिन्छ र देशमा अर्को उथलपुथल हुन्छ ।’
नेकपा एसले सात प्रदेश मध्ये एउटा सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री पाएको बताउँदै उनले भने, ‘त्यहाँ आफना पार्टीका चार जना प्रदेश सांसद छन र ति चारै जना सरकार निर्माणका लागि निर्णायक छन, हाम्रा प्रदेश सांसदहरु जता जान्छन उतै सरकार बन्छ, अनि सरकार छाडयो भने ढल्छ, ।’ रौतहटमा विगतमा आफुले शिलान्यास गरेका सबै योजनाहरुको काम चाडै द्रुत गतिमा अगाडि बढ्ने नेता नेपालले विश्वास दिलाएका छन् ।
आफु प्रधानमन्त्री भएको बेला रौतहटमा ठुलठुला विकास निर्माणका कामहरु गरेको चर्चा गर्दै नेता नेपालले आफुले शिलान्यास गरी अधुरो रहेका बडहर्वा पुल, टिकुलियाघाटको पुल देखी लिएर अलपत्र अवस्थामा रहेको सबै योजनाका कामहरु चाडै अगाडि बढाउने प्रक्रियामा लागि परेको बताए । ४२ किलोमिटरको गौर–चन्द्रनिगाहपुर सडक खण्डलाई ४ लेनको बनाउने योजना आफुले नै ल्याएको र अहिले उक्त सडकलाई ४ लेन बनाउने काम द्रुत गतिमा अगाडि बढेको उनले बताए ।
चपुर–गौर सडकलाई चारलेन बनाउन ३ अर्बको ठेक्का लागिसकेको बताउँदै नेता नेपालले अबको केहि वर्ष भित्र मै चपुर–गौर सडक ४ लेनको बाटो हुने बताए । त्यस्तै हुलाकी राजमार्गसँग जोडिएको बडहर्वाघाटको बागमति नदिको पुल निर्माण गर्न अति आवश्यक रहेकोले अलपत्र अवस्थामा रहेको सो पुल चाडै निर्माण गर्नका लागि आफु कुनै कसर बाँकी नराखेको उनले बताए ।
गौर नगरपालिकाका मेयर शम्भु साहको अथक प्रयास र सहयोगमा वडा नं २ महादेवपट्टि स्थित लालबकैया नदिमा करोडौंको लागतमा निर्माण भएको झोलुङ्गे पुलको शुक्रवार नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गरेका हुन । नेता नेपालले उद्घाटन गरेसंगै मधेश प्रदेशकै सबभन्दा दोश्रो ठुलो पुलको रुपमा रहेको उक्त झोलुङ्गे पुल शुक्रवारदेखी औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
सो पुलबाट गौर, इशनाथ लगाएत पालिकाका हजारौ व्यक्तिहरु लाभान्वित हुने भएका छन् । उद्घाटन कार्यक्रममा नेकपा एसका नेता एवं पूर्व मन्त्री डाक्टर वंशीधर मिश्रा, विकास समितिका सभापति कल्याणी खड्का, नेता रेवन्त झा, नेकपा एसका जिल्ला अध्यक्ष कमल यादव, गौर नगर प्रमुख शम्भु साह लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार