अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
नेपालबहस संवाददाता
बैशाख ८, २०८१ शनिबार १३:२१:३४
८ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादीले देशमा अर्को उथलपुथल ल्याउने बताएा छन् । उनले आफू कसैको दास बन्ने व्यक्ति नभएको र दास बनाउन खोजे त्यसको परिणाम राम्रो नहुने बताएका छन् । गृह जिल्ला रौतहट पुगेका उनले आफूहरूलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिए ।
देशका ठुला हस्ती राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी दिए । उनले नेकपा समाजवादीले कसको हैसियत कति छ भन्ने कुु्रा बुझेको बताए । खासमा एमालेललाईधरै चुरीफुरी नगर्न उनको सुझाव छ ।
वर्तमान चार दलीय सत्ता गठबन्धनलाई लक्षित गर्दै उनले भने, ‘हामी कसैको दास होइनौ र कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौ । त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्यो भने उसलाई ठुलो मूल्य चुकाउनुपर्छ । हाम्रो आफ्नै स्वाभिमान र महत्व छ, त्यसैले यो कुरा बुझ्यो भने ठिक छ नत्र सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल हुन्छ ।’
गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदीमा नवनिर्मित पुलको उद्घाटन गर्ने क्रममा अध्यक्ष नेपालले आफूहरूको आफ्नै स्वाभिमान, पहिचान, मूल्यमान्यता र महत्व रहेकोले हल्कामा नलिन सुझाव दिए ।
एकीकृत समाजवादीले सात प्रदेश मध्ये एउटा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाएको बताउँदै उनले त्यहाँ आफ्ना पार्टीका चार जना प्रदेश सांसद रहेको ती चारै जना सरकार निर्माणका लागि निर्णायक भएको बताए । हाम्रा प्रदेश सांसदहरू जता जान्छन् उतै सरकार बन्छ, अनि सरकार छाड्यो भने ढल्छ, उनले भने । रौतहटमा विगतमा आफूले शिलान्यास गरेका सबै योजनाहरूको काम चाडै द्रुत गतिमा अगाडि बढ्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
भारतीय ब्यापारी गौतम अडानीमाथी बंगलादेशले पनि छानबिन गर्ने
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार