इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार १४:३२:३१
८ वैशाख, इलाम । आगामी बैशाख १५ गते सम्पन्न हुन गइरहेको इलाम जिल्ला क्षेत्र नं. २ को उपनिर्वाचनमा प्रतिस्पर्धी दलहरु अहिले जनताका घरदैलोमा मत माग्न दौडिरहेका छन् । नेकपा एमालेका नेता शुवासचन्द्र नेम्वाङको निधन पछि रिक्त रहेको संघीय सांसदको पदका लागि निर्वाचन आयोगले यहि २०८१ सालको बैशाख १५ गते निर्वाचन मिति तोकेसँगै इलाममा राजनीतिक दलहरुले आफ्नो सक्रियता बढाएका छन् ।
लामो समयसम्म नेकपा एमालेको बिरासत झै रहेको र शुवासचन्द्र नेम्वाङको निर्बिकल्प निर्वाचन क्षेत्रका रुपमा रहेको इलाम क्षेत्र नं. २ मा यसपटकको निर्वाचनमा भने पत परिणाम ठिक उल्टो हुनसक्ने अनुमान गरिदैछ । अहिलेसम्म हेर्दा नेपाली कांग्रेसको बलियो पकड देखिन्छ । एमाले भन्दा स्वतन्त्र पहिचानवादीका उम्मेदवारको चहलपहल अगाडी देखिन्छ ।
इलाममा कांग्रेसको मत विगतभन्दा बढ्ने देखिन्छ । आन्तरिक विवाद त छदैछ । यसमा पनि विगतमा गठबन्धन गर्दा रिसाएका कांग्रेस कार्यकर्ताहरु यो पटक खुसी देखिन्छन् । कतिपय स्वतन्त्र जनहरुले कांग्रेसको मत यथावत रहे पहिचानवादीसँग प्रतिस्पर्धा आंकलन गरेका छन् । रियल ग्राउण्डमा हेर्दा स्वतन्त्र पनि राम्रै देखिन्छ । कांग्रेसको आन्तरिक कलहका कारण बिगतमा ब्यहोर्नु परेको पराजयलाई यसपटक भने दोहोरिन नदिने सम्भावन बढी छ ।
कांग्रेसको मत कांग्रेसले नदिएमात्र हो अन्यथा काटिने अवस्था छैन । तर, एमालेको मत काटिने सम्भावन प्रसस्तै देखिएको छ । पहिचानवादी र स्वतन्त्रले यस्तो मत बढी काट्ने देखिएको छ । गत निर्वाचनमा भएको गठबन्धनका कारण पनि नेपाली कांग्रेसका निष्ठावान र इमान्दार कार्यकर्ताहरु रुष्ट भएर निर्वाचनमा सक्रियता नदेखाउँदा थोरै मतले पराजय भएका इलाम जिल्लाका पार्टी सभापति समेत रहेका डम्बर खड्का यो पटक विजय हुनसक्ने यहाँको आंकलन हो ।
नेपाली कांग्रेस भित्रको गुटले निर्वाचनलाई कुनै नकारात्मक प्रभाव नपरोस भनेर नै नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले आफु स्वयं इलाममा उपस्थित भएर एकताको संदेश दिइरहेका छन् । उनले नेपाली कांग्रेस गठबन्धन नगरी निर्वाचन लड्नै सक्दैन भन्ने बिपक्षीहरुलाई मुखतोड जवाफ दिनकै लागि पनि नेपाली कांग्रेसले इलाम २ को निर्वाचन जित्नै पर्ने बताइरहेका छन् । नेता कोइरालाको इलाम आगमनसँगै आम कांग्रेस नेता तथा कार्यकर्ताहरुमा एकताको सञ्चार भएको छ भने कार्यकर्ताहरु थप उत्साहित भएर निर्वाचनमा परिचालित भएका छन् ।
पार्टीका भातृसंस्थाहरु निर्वाचन परिचालनका लागि प्रचारप्रसार समिति बनाएरै निर्वाचनमा होमिएका छन् भने नेपाली कांग्रेसका दुबैजना महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरे इलाम क्षेत्र नं. २ मा घरदैलो कार्यक्रममा खटिई रहेका छन् । यसले इलाम क्षेत्र नं. २ मा नेपाली कांग्रेसलाई चुनाव जित्न थप बल पुगिरहेको देखिन्छ ।
रोचक कुरा त के छ भने इलाममा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ राजनीतिमा केटाकेटी देखिएका छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बुलाई पार्टी परिवर्तन गरिरहने स्वार्थका लागि जुनसुकै पार्टीसँग पनि घाँटी जोडन पुग्ने भन्दै इलामेली जनताले विश्वास गर्न सकिरहेका छैनन । यसले सुहाङ र मिलनलाई जाने मत पहिचानको मुद्धा उठाएर इलाममा स्थापित भैरहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमलाई जाने देखिदैछ ।
इलाम जिल्लामा आफ्नो बेग्लै धार्मिक पहिचान समेत बनाएका डकेन्दैले एमाले र रास्वपामा जाने मत प्राप्त गर्दा इलाम २ को निर्वाचनमा नेपाली कांग्रेस र स्वतन्त्र उम्मेदवारका बिचमा प्रतिस्पर्धा हुने देखिन्छ । सहकारी काण्डले ज्यादै नराम्ररी बदनाम बन्दै गएको रास्वपा र पहिचान बिरोधि नेताका रुपमा इलामबासीको नजरमा परेका केपी शर्मा ओलीका कारण इलामले यसपटक एमाालेलाई साथ नदिने जस्तै देखिन्छ । इलामबासीमा डम्बर खड्का पनि परिचित नै छन् । कतिपय एमालेहरु पनि डम्बरले जिल्लाका लागि काम गरेको बताउँछन् ।
यसकारण अहिलेसम्मको आंकलनमा कांग्रेसका उम्मेदवार डम्बर खडका अहिलेसम्म अरुभन्दा बलियो देखिएका छन् । यसरी हेर्दा एमालेको केहि मत डकेन्द्र थेगिमलाई जाने देखिन्छ । नेपाली कांग्रेसले आफ्नो पार्टीको मत बिभाजन हुन नदिने हो र स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले पहिचानबादीहरुको मत समेटन सक्ने हो भने इलाम क्षेत्र नं. २ मा नेपाली कांग्रेस र स्वतन्त्र उम्मेदवारका बिचमा नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । इलामका चिया र चोकमा पनि रुख र मुढाको प्रतिस्पर्धा हुने गफहरुनै बढी हुने गरेको पाइन्छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपप्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : मन्त्री शर्मा
बैशाख २१, २०८१ शुक्रबार
चारवटा संसदीय समितिको बैठक बस्दै
बैशाख २१, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
बैशाख २१, २०८१ शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
मटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
टर्कीले तोड्यो इजरायलसँगको व्यापार सम्बन्ध
बैशाख २१, २०८१ शुक्रबार
डढेलो बस्तीमा पस्दा एक जनाको मृत्यु
बैशाख २१, २०८१ शुक्रबार
खडेरीले बाराको दक्षिणी भागमा रोपाइँ भएन
बैशाख २१, २०८१ शुक्रबार
खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर
बैशाख २१, २०८१ शुक्रबार
आजबाट ‘मनसरा’ रिलिज
बैशाख २१, २०८१ शुक्रबार
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : मन्त्री शर्मा
बैशाख २१, २०८१ शुक्रबार