कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
नेपालबहस संवाददाता
बैशाख ८, २०८१ शनिबार १४:४०:१८
८ वैशाख, धरान 'सुनसरी' । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी भएका छन् ।
बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिको तथ्याङ्कअनुसार मेलामा सामान्य अवस्थामा दैनिक १५ हजारभन्दा बढी र महास्नानका बेला २५ देखि ३० हजार दर्शनार्थी सहभागी हुने गरेका छन् । मूल आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले दैनिक दर्शनार्थी बढिरहेको बताए ।
आयोजकले एक महिनाभरमा करिब ३० लाख दर्शनार्थी सहभागी हुने अनुमान गरेर सोहीअनुरुप मेलाको व्यवस्थापन गरिएको जनाएको छ । दश दिन बितिसक्दा जम्मा दुई लाखमात्र दर्शनार्थी सहभागी हुनुले आयोजकले लक्ष्यअनुसार एक महिनामा ३० लाख दर्शनार्थी सहभागी आउन सम्भव नहुने चर्चा चलिरहेको छ ।
सहअध्यक्ष तथा नगरप्रमुख कार्की भने दैनिकरुपमा दर्शनार्थी बढ्दै गएकाले अन्तिमसम्ममा लक्ष्य पूरा हुने अपेक्षा गरिएको बताउँछन् । उनी भन्छन्, “पछि दर्शनार्थी बढ्दै जाने विगतको पनि अवस्था हेर्दा हामी लक्ष्यमा पुग्छौ भन्ने लाग्छ ।” कुम्भमेलामा बिहानैदेखि दर्शनार्थीको भीड लाग्ने गरेको छ ।
सप्तकोसीमा स्नान गर्न, कुम्भको दर्शन गर्न, प्रवचन सुन्न र घुमघाम गर्न दर्शनार्थी आइरहेका छन् । कुम्भमा सहभागी हुन पूर्वी नेपालबाट मात्र होइन पश्चिमका बैतडी, दाङ, बाजुरा, अछाम, डडेलधुरालगायतका जिल्लाबाट मान्छेहरु आइरहेको कार्कीले बताए ।
त्यस्तै मधेसका सप्तरी, सिरहादेखि भारतबाटसमेत उल्लेख्यरुपमा दर्शनार्थी आइरहेको आयोजकको भनाइ छ । टाढादेखि आउने दर्शनार्थीका लागि खाना र बस्नको व्यवस्था मिलाइएको छ । त्यस्तै यातायात, पार्किङ, पानी, शौचालय जस्ता आधारभूत कुराहरूको उचित व्यवस्थापन गरिएकाले अधिकांश दर्शनार्थी सन्तुष्ट देखिएको सहअध्यक्ष तथा नगर प्रमुख कार्कीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार