भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
नेपालबहस संवाददाता
बैशाख ८, २०८१ शनिबार १६:२७:३
८ वैशाख, वीरगञ्ज । वीरगञ्जमा ठूलो परिमाणमा कपडा, काजु लगायतका सामान बरामद गरिएको छ । शनिबार सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका–१० स्थित आदर्शनगरबाट ठूलो परिमाणमा भन्सार छली ल्याएका सामान बरामद गरेको हो ।
आदर्शनगरस्थित दुर्गा क्यारियरमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोली र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले क्यारियरको ढोका खोली हेर्दा भारतबाट अबैध रुपमा भन्सार छली ल्याई गोदाम गरी राखेको करिब ५० लाख रुपैयाँ बराबरको कपडा, काजु, ग्याँस चुलो, ब्रेड क्रम्स बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद भएको मालसामान आवश्यक कारवाहीको लागि लागि विरगंज भन्सार कार्यालयमा लगिएको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जका प्रमुख डिएसपी देवेन्द्र संहले जानकारी दिए । पछिल्लो समय वीरगञ्जमा तस्करी बढिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
नेपाल र भारतबीच समान प्रकृतिको भन्सार मुल्यांकन प्रणाली नहुँदा तस्करी बढ्दो
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार