स्लो ओभर रेटका कारण रुतुराज र केएल राहुललाई १२-१२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार ९:२१:१
९ वैशाख, काठमाडौं । जारी इण्डियन प्रिमियर लिग 'आइपिएल' मा चेन्नई सुपर किंग्सका कप्तान रुतुराज गायकवाड र लखनउ सुपर जाइन्ट्सका कप्तान केएल राहुललाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले १२-१२ लाख भारु रुपैयाँ जरिवाना गरेको छ ।
आईपीएल अन्तर्गत शुक्रबार सम्पन्न लखनउ र चेन्नईबीचको खेलमा दुवै कप्तानले स्लो ओभर रेटका कारण जरिवाना पाएका हुन् । यस सिजन लखनऊ र चेन्नईको यो पहिलो गल्ती भएकोले आईपीएल आचार संहिता अनुसार न्यूनतम सजाय दिइएको बोर्डले जनाएको छ ।
स्लो ओभरका कारण यसअघि विभिन्न आइपिएल टिमका कप्तानलाई जरीवाना गरिएको छ । यस सिजनमा यसअघि मुम्बई इण्डियन्सका कप्तान हार्दिक पाण्डेयलाई गत बिहीबार पञ्जावविरुद्धको खेलमा स्लो ओभर रेटका कारण १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।
त्यस्तै यस अघि राजस्थानविरुद्धको खेलमा कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस अय्यरलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो । त्यस्तै गुजरात टाइटन्सविरुद्धको खेलमा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।
यसअघि लगातार दुई खेलमा स्लो ओभर रेटिङ गरेको भन्दै दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई २४ लाख भारु जरिवाना गरिएको थियो । कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण पन्तलाई सो जरिवाना गरिएको थियो ।
सो खेलमा पन्त बाहेक दिल्ली क्यापिटल्सका इम्प्याक्ट प्लेयरसहित प्लेइङ–११ मा सहभागी खेलाडीलाई म्याच शुल्कको २५ प्रतिशत जरिवाना पनि लगाइएको थियो । पन्त यस अघि चेन्नईविरुद्धको खेलमा पनि स्लो ओभर रेटका कारण १२ लाख जरिवानामा परेका थिए
त्यसैगरी यस सिजनमा सिजनको सातौं खेलमा चेन्नईविरुद्धको खेलमा स्लो ओभर रेटका कारण गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई पनि १२ लाख जरिवाना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्तिम खेलमा वेस्ट इन्डिजविरुद्ध नेपाल ६ विकेटले विजयी
बैशाख २२, २०८१ शनिबार
वेस्ट इण्डिजले नेपाललाई दियो १७३ रनको लक्ष्य
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
कप्तान रोहित बने 'प्लेयर अफ द सिरिज'
बैशाख २२, २०८१ शनिबार
कैलालीको गौरीगंगामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
बैशाख २२, २०८१ शनिबार
कालिञ्चोक भगवती दर्शन गर्न गएका वृद्धको मृत्यु
बैशाख २२, २०८१ शनिबार
तस्विरमा हेर्नुस गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार