पदमा अर्यालमाथि गम्भिर आरोप लगाउदै स्याङजा हरिनासका अध्यक्ष मानन्धरले एमालेबाट दिए राजीनामा
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार ११:१२:१९
९ वैशाख, काठमाडौं । नेकपा एमालेको प्रतिनिधि परिषदको प्रथम बैठक चलिरहेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिसहित विभिन्न प्रतिवेदनहरुमाथि सामूहिक छलफल चलिरहेको छ । यसै मेसोमा स्याङ्जाको हरिनास गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले नेकपा एमालेबाट राजीनामा दिएको बताएका छन् ।
पार्टीप्रति असन्तुष्टि जनाउँदै मानन्धरले सामाजिक संजालमार्फत हरिनास गाउँपालिका अध्यक्ष पद र एमाले हरिनास गाउँपालिका कमिटी अध्यक्ष दुबै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । दुई कार्यकालसम्म हरिनासको अध्यक्षमा निर्वाचित गरेकोमा मतदातालाई उनले धन्यवाद दिएका छन् ।
जिल्ला कमिटीमा हरुवाहरुलाई मात्र पद दिइएको भन्दै गाउँपालिका अध्यक्ष र एमालेबाट राजीनामा दिने घोषणा गरेका हुन् । दोश्रो पटक चुनावमा गठबन्धनलाइ पराजित गरि २ पटक जितेको म जस्ता ठेट्नाहरुको पाटीमा कुनै स्थान र मुल्यांकन नरहेको कारणले यो पार्टीमा बसिरहन मनले मानेन,’ उनले लेखेका छन् ।
एमाले सचिव पदमा अर्याल र नारायण मरासिनिले गोजीबाट नाम निकालेर जिल्ला कमिटि पदाधिकारीमा बनाएको उनले आरोप लगाएका छन् । उनले नेकपा एमाले जस्तो परिवादवाद पार्टीमा बसिरहन नसकिएको जनाएका छन् । एमाले नेतृ अर्यालप्रति उनले निकै गहिरो दुःख पनि व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जङ्गल सफारीमा पर्यटक
पुष ७, २०८१ आइतबार
प्रहरीले रवि लामिछानेलाई अदालत उपस्थित गरायो, मुद्दा दर्ता गर्ने तयारी
पुष ७, २०८१ आइतबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार