प्रचण्डको प्रधानमन्त्री पद अब धेरै दिन रहन्नः डा. भट्टराई
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार ११:४१:३९
९ वैशाख, अर्घाखाँची । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पाटीका अध्यक्ष डा. बावुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्ड अब प्रधानमन्त्रकिा रुपमा धेरै दिन नरहने बताएका छन् । जता काफल पाक्यो उतै नाच्दै हिँड्ने प्रचण्डका प्रधानमन्त्रीमा बसिरहने दिन छोटिदै गएको उनको दावी छ ।
अर्घाखाँचीको मालारानीमा भएको कार्यक्रममा भट्टराईले आन्तरिक र बाह्य राजनीति प्रचण्डका पक्षमा नभएको बताए । मुलुकमा सुशासन, आर्थिक विकास, राजनीति स्थिरता र भ्रष्टाचार नियन्त्रण लगायत सबै हिसाबले प्रधानमन्त्रीका रुपमा प्रचण्ड असफल भएकाले उनको नेतृत्वको सरकार अब धेरै दिन टिक्न नसक्ने उनले ठोकुवा गरे ।
उनले भने, ‘जता काफल पाक्यो, उतै चरी नाच्यो जस्तै गरेर, बच्चाले भाँडाकुटी बनाएर भत्काएजस्तो गरी सरकार बनाउने र भत्काउने गर्ने काम मात्रै भयो । तीन पटक सरकार फेर्दा पनि मुलुकमा थप अस्थिरता निम्तेको छ । बेरोजगारी समस्या झन बढ्दै गयो, अहिले त पढ्नका लागि विद्यार्थीले देश छाडेर जाने स्थिति आयो । राजनीति समीकरण फेरर प्रधानमन्त्री भएपनि अब माहोल अर्कैतिर मोडिएकाले उनको समय सकिन लागेको छ । राजनीतिक परिदृष्यहरु यसै भनिरहेका छन् ।’
दलहरु निजी कम्पनी जस्तै भएको, स्वार्थ र फाइदाका पछाडि हिँड्ने प्रवृत्तिले मुलुकमा भ्रष्टाचार दिनप्रतिदिन मौलाउँदै गएको बताए । केन्द्रमा सरकार परिवर्तन भएपछि स्वयत्ता भनिएको प्रदेश सरकार पनि भताभुंग बनाएपछि स्थिरता नभएको उनको टिप्पणी छ ।
भट्टराइले सरकारले भ्रष्टचारीलाई कारबाही र दण्डित गर्ने भन्दापनि आफ्ना नेतालाई जोगाउने र अरुसँग प्रतिशोध साँध्ने काम गरेको टिप्पणी गरे । वर्तमान गठबन्धन सरकार धेरै दिन नटिक्ने दोहोर्याएका उनले सरकार भताभुंग पार्नेतिर ध्यान भएकाले देशमा राजनीति स्थिरता, सुशासन देश विकासको मुद्दा कसरी बन्छ भन्नेतिर सोच आवस्यक भएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार