चैतसम्ममा १२ खर्ब ८१ अर्ब ३१ करोडको वैदेशिक व्यापार, निर्यात भने साढे १२ अर्बमा सीमित
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार १५:१२:४३
९ वैशाख, काठमाडौं । नेपालले चैतसम्ममा १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत आवको सोही अवधिमा नेपालले १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । जसमा गत आवको तुलनामा २.९२ प्रतिशतले कम वैदेशिक व्यापार भएको छ ।
चालु आर्थिक वर्षको नौ महिनामा मासिक औसत १ खर्ब २९ अर्ब रुपैयाँबराबर वस्तु आयात भएको देखिन्छ । जसमा निर्यातको अंश भने न्यून छ । नेपालले ९ महिनाको अवधिमा साढे १० खर्ब रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आवको चैतसम्ममा नेपालले १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको छ ।
गत आवको सोही अवधिमा नेपालले १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो । जसमा गत आवको तुलनामा चालु आवको ९ महिनाको अवधिमा २.७५ प्रतिशतले कम व्यापारघाटा व्यहोरेको छ । तथ्यांकअनुसार साउनदेखि चैतसम्म ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँबराबर वस्तु आयात भएको छ । जुन औसत मासिक १ खर्ब २९ अर्ब हुन आउँछ । चैतमा मात्र १ खर्ब ३७ अर्ब १४ करोड रुपैयाँबराबर आयात भएको छ ।
विभागअनुसार चालु आवको ९ महिनामा निर्यात पनि ३.६६ प्रतिशतले घटेको छ । नेपालले गत आवको ९ महिनामा १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो । चालु आवमा १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँको निर्यात गरेको छ । नेपाल सरकारले आयातित वस्तु तथा सेवाबाट ३ खर्ब ६ अर्ब ८० करोड १८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
यस्तै चालु आर्थिक वर्षनौ महिनामा नेपालमा सात हजार ९३ विद्युतीय गाडी (ईभी) आयात गरिएको छ । यी गाडीहरूको आयात मूल्य १७ अर्ब ४९ करोड ४९ लाख ६९ हजार (करिब साढे १७ अर्ब) रुपैयाँ छ । यो अवधिमा आयातित विद्युतीय गाडीहरूबाट सरकारले सात अर्ब ७८ करोड २१ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
फागुन मसान्तसम्म नेपालमा ६ हजार ४३५ विद्युतीय गाडी भित्र्याइएको थियो । चैत मसान्तसम्म एक महिनाको अवधिमा ६५८ ईभी नेपाल भित्र्याइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
पुष ५, २०८१ शुक्रबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार