गृहमन्त्रीमाथि छानबिन गर्न ओली डराइरहेका बेला गोदावरीमा उठ्यो सहकारीको प्रश्न
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार २१:४८:४४
९ वैशाख, काठमाडौं । पार्टीका अध्यक्ष केपी शर्मा ओली सहकारी ठगी प्रकरण गृहमन्त्री रवि लामिछानेको बचाउमा कडा रुपले प्रस्तुत भइरहेका गोदावरीमा सम्पन्न नेकपा एमालेले बैठकले भने सहकारीको रकम ठग्नेहरु गम्भिर अपराधी भएको प्रस्ताव पारित गरेको छ । सर्वसाधारणको रकम अपचलन गर्नेलाई छानबिन गरी कानुनी कारबाही गनुपर्ने प्रतिनिधि परिषद बैठकको माग छ ।
ललितपुरको गोदावरीमा आइतबार सम्पन्न महाधिवेशन केन्द्रीय परिषद्को बैठकले पारित गरेका प्रस्तावमध्ये सहकारी पनि एक हो । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम मुछिएकाले उनीमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनु पर्छ भनेर माग गर्दा ओली त्यसको विपक्ष्ँमा उभिँदै आएका थिए ।
देशका केही सहकारीमा बेथिति र गम्भीर समस्या देखापरेका छन् । जनताले दुःख गरेर जम्मा गरेको अर्बाैं रकम सीमित व्यक्तिले हिनामिना गरेर फरार हुने र बचतकर्ता सडकमा अलपत्र पर्ने स्थिति पैदा भएको छ । बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, यो बैठक केही सहकारीमा पैदा भएका यस्ता प्रकारका गम्भीर समस्या र सर्वसाधारणको रकम अपचलनका गम्भीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरमा ल्याउन र बचतकर्ताको रकम सुरक्षित फिर्ता गराउन सरकारसँग माग गर्दछ ।
यो प्रस्ताव ओलीले अहिले भनिरहेको र देखाइरहेको व्यवहारभन्दा फरक छ । समसामयिक प्रस्ताव प्रस्तुत गर्दै उपमहासचिव विष्णु रिमालले मिटरब्याजपीडित र लघुवित्तका ऋणीका समस्या समाधानमा गम्भीर हुन सरकारसँग माग गरेको बताए । केही सहकारीमा पैदा भएका समस्यालाई लिएर सबै सहकारीविरुद्ध भइरहेका प्रचार उचित नभएको ठम्याइ एमालेको छ । एमालेले देशभरकै सहकारीलाई उत्पादन र वितरणमा केन्द्रित हुन आवश्यक वातावरण निर्माणका लागि पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
सत्तारुढ प्रमुख घटक एमालेले सत्ता सहकार्यलाई कमजोर पार्ने कुनैपनि काम नगर्न सत्तारुढ दलहरुलाई आग्रह गरेको छ । पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकको समापनका क्रममा १५ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित भएको छ । जसमा सहकारीको विषय पनि एक हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार