सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको नियुक्तिविरुद्ध रिटमा आज सुनुवाइ
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार १०:११:२३
१० वैशाख, काठमाडौं। सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीको वारेसमा गोविन्द चौधरीले हिजो दायर गरेको रिटमा सुनुवाइ हुन लागेको हो ।
रिटमा सुदूरपश्चिम प्रदेश प्रमुख र उनको कार्यालय तथा मुख्यमन्त्री सोडारी र उनको कार्यालयलाई विपक्षी बनाइएको छ ।
तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न यही वैशाख २ गतेसम्म समय दिएका थिए ।
नाउपाका सांसद चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित यही वैशाख १ गते दाबी पेस गरेका थिए ।
नाउपाकै कैलाश चौधरीले एमाले र माओवादीका संसदीय दलको नेताको समर्थनसहित दाबी पेस गरेका थिए । दुवैको दाबीबारे निर्णय नगरेका प्रदेश प्रमुख नजिर मियाँले यही वैशाख ४ गते दुवैको दाबीका आधारमा निष्कर्षमा पुग्न नसकेको उल्लेख गर्दै थप दुई दिन समय दिएका थिए ।
सत्ता गठबन्धनमा भएको सहमतिअनुसार सोडारीले नाउपाका चौधरीलाई दिएको समर्थन फिर्ता लिएर गत वैशाख ६ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नाउपा (कैलाश चौधरी पक्ष) समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरे ।
प्रदेश प्रमुखले त्यही दिन सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्नु गैरकानुनी भएको रिट निवेदनमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण, एक पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता
कात्तिक १, २०८१ बिहिबार
लुम्बिनी प्रदेश सरकारद्वारा कर्मचारीलाई १४ बुँदे निर्देशन जारी
असोज ६, २०८१ आइतबार
प्रदेश निजामती सेवा ऐन संधोधन विधेयक सर्वसम्मतले पारित
भदौ १९, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा हिमालको बेस क्याम्प जाने पदमार्ग देखिएका नाउर
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डोको साल्दाङ डोल्पा
मंसिर ९, २०८१ आइतबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
मंसिर ९, २०८१ आइतबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार