आईजीपी कुँवरले जीबी राई र जीवन चलाउनेसहित २० जना फरार अभियुक्तबारे इन्टरपोलमा कुरा राख्ने
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार १०:१२:३०
१० बैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले झण्डै ६१ केजी सुन तस्करी र सहकारी ठगी प्रकरणमा जोडिएका २० भन्दा बढी फरार अभियुक्त बारेमा इन्टरपोलमा कुरा राख्ने भएका छन् । सहकारी ठगी प्रकरणमा मात्रै नेपाल प्रहरीले १८ जनाभन्दा बढी फरार अधियुक्तको खोजी गर्न इन्टरपोलमार्फत रेडकर्नर नोटिसा जारी गरेको छ ।
प्रहरी महानिरीक्षक कुँवरले फ्रान्सको लियोनमा हुने इन्टरपोलको सम्मेलनमा भाग लिने क्रममा यास विषयमा कुरा उठाउने भएका हुन् । इन्टरपोल महासचिवालयले वैशाख ११ गतेदेखि १३ गतेसम्म लियोनमा १९औं इन्टरपोल सम्मेलन आयोजना गरेको छ । त्यसमा इन्टरपोल सदस्य राष्ट्रका प्रहरी प्रमुखहरु सहभागी हुनेछन् ।
महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ । उच्च प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीले पोखराको सूर्यदर्शन सहकारीका पदाधिकारी गीतेन्द्र (जीबी) राई, महेन्द्र भोटे भनिने शिवबहादुर गुरुङसहित १८ जनाविरुद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गरेका छ ।
सहकारीका बचतकर्ताले आफूहरुको करिब सवा अर्ब रकम हिनामिना गरेको भन्दै ठगीमा उजुरी दिएपछि फरार जीबी, महेन्द्रलगायतलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) बाट रेडकर्नर नोटिस जारी भएको हो ।
यस्तै झण्डै ६० किलो सुनमा जोडिएका जीवन चलाउनेविरुद्ध पनि अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट डिफ्युजन जारी गरिएको छ । सुन तस्करी मुद्दामा उनी फरार अभियुक्त हुन् । अछामको तुर्माखात गाउँपालिका घर भएका चलाउने विरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएको एक साता वितेको छ ।
चलाउने तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङसँग निकट मानिन्छन् । दावासँग ‘कनेक्सन’ देखिएपछि जीवन चलाउनेलाई प्रहरीले महाराजगन्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोको कार्यालयमा अनुसन्धानको लागि बोलाएको थियो । तर, ब्युरोका अधिकारीहरूले ‘बयान कागज’ गराएर उनलाई रिहा गरिदिए पनि फरार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसपी थापालाई बाहिर राखेर भैँसेपाटी प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार