तराई मधेशको तापक्रम ४२ डिग्री सेल्सियस, जनजीवन प्रभावित
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार १४:२८:५५
१० वैशाख, धनुषा । अत्यधिक गर्मी बढेपछि धनुषासहित तराई–मधेशको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अधिकतम तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो ।
गर्मीका कारण दिउँसोतीर मुख्य बजार सुनसान हुन थालेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यासमेत घट्न थालेको छ । अहिले बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई अझ बढी समस्या भएको चिकित्सकको भनाइ छ ।
प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा कृष्णदेव दासले अहिले स्वास्थ्य संस्थामा घाउ, खटिरा, टाइफाइड, ज्वरो, झाडापखालालगायत रोगका बिरामीको चाप बढ्न थालेको बताए । डा. दासले भने, “गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको छ । यसले दिउँसोका समयमा दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई समस्या हुने देखिन्छ । त्यसैले सबैले आफ्नो स्वास्थ्यको ख्याल गर्न जरूरी छ ।”
अहिले तातो हावाका कारण टाउको दुख्ने, शरीर शिथिल हुने, घाँटी दुख्ने, आँखा पोल्नेजस्ता स्वास्थ्य समस्यासमेत बढ्दै गएका छन् । यस्तै, तातो हावा चल्दा तरकारी, मकैलगायतका बालीनालीसमेत सुक्न थालेका छन् ।
क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका रामदेव बनरैतले तातो हावाहुरीका कारण मौसमी फल आँप, लिची र लहरे तरकारीखेती प्रभावित भएका बताए । गर्मीले जनजीवन प्रभावित भए पनि चिसो पेयपदार्थको माग भने बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो
कात्तिक २१, २०८१ बुधबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
ईरासँग सम्बन्ध सुधार्न थेरापी लिँदैआमिर खान
मंसिर ३, २०८१ सोमबार
‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन अग्निदहन’
मंसिर ३, २०८१ सोमबार
मंसिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मंसिर ३, २०८१ सोमबार
विद्युत प्राधिकरणले काटेको बिलका आधारमा बक्यौता गणना गर्न सरकारले बनायो विज्ञ समिति
मंसिर ३, २०८१ सोमबार
झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति
मंसिर ३, २०८१ सोमबार